१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
२o८१ बैशाख २९ शनिबार o८:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

इलाम २ उपनिर्वाचनकाे मतगणनाका लागि सर्वदलीय बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o८:o९:oo

इलाम २ को उपनिर्वाचनमा खसेको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । बैठकले मतगणनाको समय तय गर्नेछ । बैठक मतगणनास्थल गौतमबुद्ध सभागृहमा सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामका अनुसार यहाँ करिब ६० प्रतिशत मत खसेको छ ।

शनिबार भएको मतदानमा कुल एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मत खसेको मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले बताए । जसमा महिला मतदाता ३४ हजार १५० र पुरुष मतदाता ३५ हजार १३५ रहेको उनले बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले मतगणनाका लागि इलाम नगरपालिका– ७ मा रहेको गौतमबुद्ध सभागृहलाई तयारी गरिएको सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार मतगणनास्थललाई सुरक्षित गर्न सिसिक्यामेरा, तारजालीसहितका आवश्यक पूर्वाधार तयार गरिएको छ ।

इलाम २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा एमाले नेता सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा हृदयाघातबाट निधन भएकाले यहाँ उपचुनाव भएको हो । यहाँको उपनिर्वाचनमा राजनीतिक दलका १२ उम्मेदवार र सात स्वतन्त्रसहित १९ जनाले चुनावी प्रतिस्पर्धामा भाग लिएका थिए । जसमा एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू, पहिचानवादीका डकेन्द्रसिंह लिम्बूबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

ad
ad