Skip This
जनवरीदेखि अस्ट्रेलियामा डिस्पोजेबल भेपको आयात प्रतिबन्ध
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १२ मंगलबार
  • Friday, 26 July, 2024
रासस सिड्नी
२o८o मङ्सिर १२ मंगलबार १५:१८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जनवरीदेखि अस्ट्रेलियामा डिस्पोजेबल भेपको आयात प्रतिबन्ध

Read Time : < 1 मिनेट
रासस, सिड्नी
नयाँ पत्रिका
२o८o मङ्सिर १२ मंगलबार १५:१८:oo

अस्ट्रेलिया सरकारले आगामी जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। सरकारको उक्त घोषणाको चिकित्सकहरूले तत्काल स्वागत गरेका छन्।

स्वास्थ्यमन्त्री मार्क बटलरले एकल प्रयोग भेपमाथि रोक लगाउनुको उद्देश्य युवा वर्गमा भ्यापिङमा बढ्दै गएको ‘वास्तविक’ वृद्धिलाई उल्ट्याउनु रहेको बताएका छन्। अस्ट्रेलियाले पहिलोपटक मेमा भेपको आयातमा प्रतिबन्ध लगाउने खुलासा गरेको भए पनि अहिलेसम्म सुरु मिति बताएको थिएन।

लामो समयसम्म धूम्रपान गर्नेहरूलाई धूम्रपान छाड्न सहयोग गर्ने तरिकाका रूपमा सरकारहरूलाई भेपिङ बिक्री गरिएको मन्त्री बटलरले बताए। ‘यसलाई एउटा मनोरञ्जक उत्पादनका रूपमा बिक्री गरिएको थिएन। विशेषगरी हाम्रा बालबालिकालाई लक्षित गरिएको थिएन, तर यो त्यही बन्यो,’ उनले भने, ‘अधिकांश भेपमा निकोटिन हुन्छ र बालबालिका दुर्व्यसनी बन्दै छन्।’

१४ देखि १७ वर्ष उमेर समूहका करिब सात बालबालिकामा एकजनाले भेप प्रयोग गर्ने गरेको सरकारले एक विज्ञप्तिमा बताएको छ। विज्ञप्तिमा ‘तर्कसंगत प्रमाण’लाई उद्धृत गर्दै भेप प्रयोग गर्ने युवा अस्ट्रेलियालीहरूमा धूम्रपान गर्ने सम्भावना करिब तीन गुणा अधिक हुने बताइएको छ।

अस्ट्रेलिया सरकारले डिस्पोजेबल भेपको उत्पादन, विज्ञापन वा आपूर्तिलाई गैरकानुनी घोषणा गर्नका लागि सन् २०२४ मा कानुन पनि ल्याउने बताइएको छ।

भेपमाथिको आयात प्रतिबन्धलाई अस्ट्रेलियाली मेडिकल एसोसिएसनले स्वागत गरेको छ। ‘अस्ट्रेलिया धूम्रपानको दर र त्यसपछि हुने स्वास्थ्य हानिलाई कम गर्न विश्वमा अग्रणी रहेको छ, त्यसैले भेपिङलाई रोक्न र भविष्यको हानिलाई रोक्नका लागि सरकारको निर्णायक कदम अत्यन्त स्वागतयोग्य छ,’ एसोसिएसनका अध्यक्ष स्टिभ रोब्सनले भने।