Skip This
चितवनमा चार महिनामा १६७ वटा घरेलु हिंसाका घटना दर्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १० आइतबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १० आइतबार १६:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवनमा चार महिनामा १६७ वटा घरेलु हिंसाका घटना दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १० आइतबार १६:५३:oo

जिल्लामा पछिल्लो चार महिनामा एक सय ६७ वटा घरेलु हिंसाका घटनाका निवेदन दर्ता भएका छन्। 

जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलमा चालू आर्थिक वर्षको कात्तिकसम्ममा सो संख्यामा निवेदन दर्ता भएका हुन्। दर्ता भएका निवेदनमध्ये खान–लाउन नदिएकोसम्बन्धी ४५ वटा, कुटपिटसम्बन्धी ७० वटा र गाली–बेइज्जतीसम्बन्धी ५२ वटा छन्। 

कुल निवेदनमध्ये एक सय २८ वटा मिलापत्र भएका छन्। साथै २२ वटा अदालती प्रक्रियामा गएका छन् भने १७ वटा छलफलका क्रममा रहेको कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। 

उनका अनुसार आर्थिक वर्ष ०७८/७९ मा चार सय ४३ घरेलु हिंसाका निवेदन दर्ता भएका थिए। आर्थिक वर्ष ०७९/८० मा यो संख्या तीन सय ९५ थियो । निवेदनमध्ये सबैभन्दा धेरै कुटपिटसम्बन्धी उजुरी रहेको उनले जानकारी दिए। 

यस्तै, कार्यालयको तथ्या‌ंकअनुसार चालू आवको कात्तिकसम्ममा १६ वटा जबर्जस्ती करणीका उजुरी दर्ता भएका छन्। यस्तै दुईवटा जबर्जस्ती करणी उद्योगसम्बन्धी, १३ वटा बालयौन दुर्व्यवहारसम्बन्धी, एउटा अप्राकृतिक मैथुनसम्बन्धी, चारवटा बहुविवाह र एउटा बालविवाहसम्बन्धी उजुरी दर्ता भएका छन्।