१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार ११:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

जुम्ली घोडाको माग लगातार घट्दो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:३१:oo

एक महिना लगाएर जुम्लाबाट दार्चुलाको जौलजीवी मेलाका लागि जुम्ली घोडा पुगेका छन् । घोडा व्यापारीहरूले मेलामा बिक्रीका लागि भन्दै यो वर्ष २२ वटा घोडा जौलजीवी पुर्‍याइएको छ । विगतमा सयौँ घोडाको व्यापार हुँदै आएको जौलजीवी मेलामा हरेक वर्ष घोडाको व्यापार भने लगातार घट्दै गएको छ । जौलजीवी मेलाको आकर्षणको रूपमा घोडाको कारोबार यस वर्ष भएको छैन । हरेक मेलाका लागि जुम्ला र बाजुराबाट घोडा ल्याइने गरेको छ ।

जुम्ला, बझाङ र बाजुराबाट मेलामा घोडा पुगेको तीन दिनसम्म पनि व्यापार भने भएको छैन । घोडा व्यापारी पुचौडी ४ बैतडीका अनु बोहराले एक–दुईजना मात्रै घोडाका लागि सम्पर्कमा आएको बताए । विगतमा पहाडी जिल्लामा घोडाको राम्रो व्यापार हुँदै आएको थियो । अहिले पहाडसम्मै गाडी पुग्नु, हरेक वस्तुको महँगाइ बढेको कारण घोडा व्यापार सुस्ताएको उनको बुझाइ छ । सातजना व्यापारीले ल्याएको घोडा नबिक्ने उनीहरूलाई चिन्ता छ । 

जुकोट– ३ बाजुराका सत्यराज शाही घोडाको कारोबार नभएकोमा चिन्तित छन् । ‘हाम्रा बाबुबाजेको समयदेखि जौलजीवी मेलामा घोडा व्यापार गर्न सुरु गरेका हौँ । जौलजीवी मेलामा मात्रै विगतमा राम्रो व्यापार थियो,’ उनले भने, ‘दुई–चार वर्षयता घोडाको व्यापार कम हुँदै आएको छ ।’ शाहीका अनुसार घोडाका लागि चाहिने दाना, घाँस महँगो हुँदै गएको छ । पहिलो १० रुपैयाँमै एक मुठा घाँस घोडाका लागि पाइनेमा अहिले ५० रुपैयाँ पर्ने उनले बताए । ‘तर हाम्रो घोडाको ३५–४० हजार रुपैयाँ भारुमा पनि बिक्री हुने अवस्था छैन । यो मूल्य नै बढी भयो भन्छन्,’ शाहीले भने, ‘लागत मूल्य नै नआएपछि कसरी कारोबार गर्नु ।’ 

‘पहाड चढ्नका लागि भारतको हल्दानीमा पाइने घोडा भन्दा जुम्ली घोडा राम्रो मानिने गरेको छ,’ भारतीय नागरिक विवेक जोशीले भने, ‘घोडाको आयु मान्छेकै जस्तै हो । तर अहिले सबैतिर महँगी र सडक पहुँचका कारण कमैले चासो दिन्छन् ।

ad
ad