होटेल तथा रिसोर्टमा एकतिहाइ मात्र अकुपेन्सी हुँदा घाटामा सञ्चालन गर्नुपरेको होटेल संघ नेपालका अध्यक्ष विनायक शाहले बताएका छन् ।
मंगलबार पर्यटनमन्त्री सुदन किराँतीसँगको भेटवार्तामा उनले पर्यटक आगमन वृद्धि भए पनि ठूला होटेलहरू थपिने क्रम बढेकाले मागभन्दा आपूर्ति ज्यादा हुँदा अकुपेन्सी बढ्न नसकेको गुनासो पोखे ।