Skip This
गाजाका अस्पतालपरिसरमा आतंकवादी सुरुङ पत्ता लागेको इजरायली सेनाको दाबी
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर १ शुक्रबार
  • Tuesday, 11 August, 2026
तस्बिर : इजरायली प्रतिरक्षा फौज
रासस तेल अविव
२o८o मङ्सिर १ शुक्रबार १३:४२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

गाजाका अस्पतालपरिसरमा आतंकवादी सुरुङ पत्ता लागेको इजरायली सेनाको दाबी

Read Time : < 1 मिनेट
रासस, तेल अविव
नयाँ पत्रिका
२o८o मङ्सिर १ शुक्रबार १३:४२:oo

इजरायली प्रतिरक्षा फौज (आइडिएफ)ले गाजास्थित सिफा अस्पतालपरिसरमा हमासको आतंकवादी सुरुङ पत्ता लागेको बताएको छ। आइडिएफका अनुसार उसले रान्तिसी अस्पतालमा अर्को आतंकवादी सुरुङ फेला पारेको छ । त्यस्तै अल–कुर्द अस्पतालमा ठूलो परिमाणमा हतियार र गोलाबारुद्ध फेला परेको पनि उसको दाबी छ।

सामाजिक सञ्जाल एक्समा साझा गरिएको पोस्टमा आइडिएफले भनेको छ, ‘गाजाको तीन सबैभन्दा ठूला अस्पतालमा हमासको शोषणको अर्को तहको पर्दाफास भएको छ, सिफा अस्पतालपरिसरभित्र एउटा हमास आतंकवादी सुरुङ भेटियो।’ अर्को पोस्टमा उसले भनेको छ, ‘रान्तिसी अस्पतालभित्र आइडिएफ सैनिकहरूले अर्को एउटा आतंकवादी सुरु पत्ता लगाएका छन्।’

आइडिएफका  अनुसार सालदाग एसएफ एकाइ, सातौँ ब्रिगेड र अतिरिक्त एसएफ एकाइहरूले सिफा अस्पतालभित्र हमासको सुरुङ पूर्वाधारको पर्दाफास गरेका हुन्। ‘उनीहरूले गत अक्टोबर ७ मा नरसंहारका लागि तयार गरिएको बुबी–ट्र्याप सवारी पनि पत्ता लगाएका छन्, उक्त सवारीमा ठूलो मात्रामा हतियार र गोलाबारुद थिए।’

आइडिएफले अल–कुर्द अस्पतालभित्र हतियार र गोलाबारुदको तस्बिर एक्समा पोस्ट गर्दै भनेको छ, ‘अल–कुर्द अस्पतालभित्र ठूलो मात्रामा हतियार र गोलाबारुद फेला पर्‍याे, यी सबै पछिल्लो २४ घन्टामा भेटिएको थियो।’