Skip This
अमेरिकाको ‘साझेदार र मित्र’ बन्न चीन तयार छ : राष्ट्रपति सी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक ३० बिहीबार
  • Saturday, 27 July, 2024
तस्बिर : राेयटर्स
रासस सान फ्रान्सिस्को
२o८o कार्तिक ३० बिहीबार १७:४७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकाको ‘साझेदार र मित्र’ बन्न चीन तयार छ : राष्ट्रपति सी

Read Time : < 1 मिनेट
रासस, सान फ्रान्सिस्को
नयाँ पत्रिका
२o८o कार्तिक ३० बिहीबार १७:४७:oo

चीनका राष्ट्रपति सी जिनपिङले चीन अमेरिकाको साझेदार र मित्र बन्न तयार रहेको बताएका छन्। चीनको सुस्त अर्थतन्त्रप्रति चिन्ता बढिरहेको वेला उनले अमेरिकी व्यापारिक नेताहरूसमक्ष उक्त कुरा बताएका हुन्।

‘यदि एउटा मुलुकले अर्को मुलुकलाई प्रमुख प्रतिस्पर्धी र सबैभन्दा परिणाममुखी भूराजनीतिक चुनौतीको रूपमा हेर्छ भने यसले गलत नीति निर्माण, भ्रमपूर्ण कार्य र अवाञ्छित परिणाम मात्र निम्त्याउनेछ,’ एसिया–प्रशान्त आर्थिक सहयोग (एपिइसी) शिखर सम्मेलनका क्रममा एक रात्रिभोजमा उनले भने।

राष्ट्रपति सीको उक्त टिप्पणी अमेरिकी राष्ट्रपति जो बाइडेनसँग उनको बहुप्रतीक्षित वार्ताको केही घन्टापछि आएको हो। करिब एक वर्षपछि पहिलोपटक भएको भेटमा उनीहरूले दुई मुलुकबीचको तनावलाई कम गर्ने वाचा गरेका छन्।

उच्चस्तरीय सैन्य हटलाइनलाई पुनः सक्रियताका साथ सुरु गरी दुवै पक्षले लक्जरी फिलोली एस्टेटमा वार्तापछि धेरै सम्झौताको घोषणा गरेका छन्।

‘हामीले धेरैभन्दा धेरै पुल बनाउनुपर्छ र जनता–जनताबीच कुराकानी गर्नका लागि अधिक सडक बनाउनुपर्छ,’ करिब चार सय व्यापारिक नेता, सरकारी अधिकारी र शिक्षाविदहरूको उपस्थितिमा चिनियाँ राष्ट्रपति सीले भने, ‘हामीले विभिन्न अवरोध सिर्जना गर्नुहुँदैन वा भयावहको प्रभाव सिर्जना गर्नुहुँदैन।’

सो अवसरमा उपस्थित हुने अतिथिहरूमा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुक, ब्ल्याक रकका लरेन्स फिंक र पिफाइजरका प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बुर्ला थिए।

चीनको कडा व्यापारिक निगरानी र द्विपक्षीय तनावको चिन्तालाई ध्यानमा राख्दै अमेरिका–चीन व्यापार परिषद् र अमेरिका–चीन सम्बन्धको राष्ट्रिय समितिले आयोजना गरेको कार्यक्रममा सीको टिप्पणीलाई ध्यानपूर्वक हेरिएको थियो। अमेरिकी कम्पनीहरूले तीव्र रूपमा चीनमा लगानी गर्नबाट पन्छिरहन खोजेसँगै सेप्टेम्बरमा चीनमा विदेशी व्यापारको विश्वास वर्षौंको सबैभन्दा तल्लोस्तरमा पुगेको अमेरिकी र युरोपेली उद्यमलबीहरूले बताएका छन्।