१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० कार्तिक ३० बिहीबार ०९:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु, चार घाइते    

Read Time : < 1 मिनेट
२०८० कार्तिक ३० बिहीबार ०९:२१:००

अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र ०१००१ह ५५४५ नम्बरको टेम्पो गएराति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो ।  

दुर्घटनामा गम्भीर घाइते भएका टेम्पोचालक कमलबजार नगरपालिका– ४ का दीपक बोहाेरा र वडा नम्बर २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मंगलसेन ल्याउने क्रममा बीचबाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

दुर्घटनामा परी कमलबजार– ४ का दिनेश साउद, सोही वडाका लक्ष्मण थापा, वडा नम्बर ८ का वीरेन्द्र विष्ट र सोही वडाका देवेन्द्र विष्ट घाइते भएका छन् । उनीहरूको कमलबजार स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।