१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १५:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मोटरसाइकल दुर्घटनामा धनुषाका पत्रकार यादवको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:५७:oo

धनुषामा सडक दुर्घटनामा आज एकजना पत्रकारको मृत्यु भएको छ। धनुषाको मिथिला नगरपालिका– ६ ढल्केबरमा मोटरसाइकल दुर्घटनामा परी २८ वर्षीय पत्रकार विनयकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

आज बिहान आफैँले चलाएको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल ढल्केबर–जनकपुर सडकखण्डमा अनियन्त्रित भई सडकछेउको रेलिङमा ठोक्किएर पत्रकार यादव गम्भीर घाइते भएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन आवाले जानकारी दिए।

मोटरसाइकलको पछाडि सवार रहेका यादवका छिमेकी लक्ष्मीनारायण यादव घाइते भएको र निजको उपचार सोही अस्पतालमा भइरहेको बताइएको छ।

धनुषाधाम नगरपालिका– ५ का स्थानीय बासिन्दा रहेका मृतक पत्रकार रेडियो धनुषाधामका सञ्चालक तथा ई–न्युज ब्युरोका कार्यकारी सम्पादक थिए। 

ad
ad