तिहारनजिकै गर्दा काठमाडौं सहर झिलिमिली बत्तीले सजिएको छ। घर, मठमन्दिरदेखि व्यावसायिक मलहरू र सडक झिलिमिली बत्तीले सजाइएका छन्।
जताततै झिलिमिलीका कारण सहर गुल्जार देखिएको छ। मैतीदेवी मन्दिर विशेष आकर्षणको केन्द्र बनेको छ। यस्तै, काठमाडौंको प्रमुख व्यावसायिक क्षेत्र न्युरोड, दरबारमार्ग क्षेत्र पनि झकिझकाउ देखिन्छ।
सिटिसी मल, काठमाडौं मल, सिटी सेन्टर, सिभिल मललगायत पनि झिलिमिली बत्तीले आकर्षक देखिएका छन्। संघारमा आइसकेको तिहारलाई झिलिमिली बत्तीले स्वागत गरिरहेको काठमाडौंका दृश्य नयाँ पत्रिकाका क्यामेरापर्सन संजित परियारले यसरी कैद गरेका छन्।