१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १६:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एपिएफ–एसएसबी सीमा सुरक्षा समन्वय बैठक सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १६:o५:oo

सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीचको सातौँ सीमा सुरक्षा समन्वय बैठक नयाँदिल्लीमा सम्पन्न भएको छ। तीन दिन चलेको बैठकमा सीमापार अपराध रोक्न थप समन्वय र सहकार्य बढाउन दुवै पक्ष सहमत भएका छन्।

बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल नेतृत्वको नौ सदस्यीय टोली सहभागी थियो। भारतको तर्फबाट सशस्त्र सीमा बलकी महानिर्देशक रश्मी शुक्लाले बैठकको नेतृत्व गरेकी थिइन्।

सोमबारबाट सुरु भएको बैठकमा सीमापार अपराध नियन्त्रण तथा संगठित अपराधका घटनाको सूचना आदान–प्रदानबारे छलफल भएको थियो। सीमालाई सुरक्षित बनाउन अझै समन्वय बढाउने सहमति भएको  बैठकमा सहभागी एक अधिकारीले बताए। 

बैठकमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहभागी थिए। हरेक वर्ष हुने यस्तो समन्वय बैठक गत वर्ष काठमाडौंमा भएको थियो।

ad
ad