१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २० सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक २० सोमबार १९:o४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

यू–१९ एसिया कपमा छनोट टोलीका सबै खेलाडीले ५० हजार पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक २० सोमबार १९:o४:oo

नेपाल क्रिकेट संघ (क्यान)ले यू–१९ एसिया कपमा छनोट भएको नेपाली टोलीका सम्पूर्ण खेलाडीलाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ।

सोमबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले यू–१९ राष्ट्रिय क्रिकेट टोलीका सम्पूर्ण सदस्यलाई प्रोत्साहनस्वरूप नगद पुरस्कार उपलब्ध गराउने निर्णय गरेको हो।

गत कात्तिक ७ गते मलेसियामा युएईलाई पराजित गर्दै नेपालले एसिसी यू–१९ प्रिमियर कपको उपाधि जितेको थियो।

‘हालै मलेसियामा सम्पन्न एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा विजयी भई यही जनवरी २०२४ मा सञ्चालन हुने यू–१९ एसिया कपमा छनोट हुन सफल यू–१९ राष्ट्रिय क्रिकेट टोलीका सम्पूर्ण सदस्यहरूलाई प्रोत्साहनस्वरूप जनही रु ५० हजारका दरले नगद पुरस्कार उपलब्ध गराउने निर्णय गरियो,’ क्यानको निर्णयमा भनिएको छ।