१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २१ शनिबार
  • Saturday, 05 July, 2025
२o८२ असार २१ शनिबार ११:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा बहुमतद्वारा भूमाफिया भन्दै बस्याललाई कालो मोसो दले 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २१ शनिबार ११:२६:oo

नवलपुरको कावासोती ४ हसौरामा स्थानीय बासिन्दाले वर्षौदेखि जोतभोग गर्दै आएको विघौं विगाहा जग्गा जालसाजी पूर्ण तरिकाले आफ्नो नाममा बनाएका क्यूप्रसाद बस्याललाई नेकपा बहुमतले कालोमोसो दलेको छ। नेकपा बहुमत नवलपुरका जिल्ला सेक्रेटरी अमर गोपालीका अनुसार बस्यालले आफ्नो नाममा बनाएको जग्गा स्थानीयलाई फिर्ता गर्न अटेर गर्ने, स्थानीयलाई दुःख दिने र जग्गा फिर्ता गरिदिन्छौं भन्दै पैसा असुल्ने गरेको पाइएको छ। 

क्यूप्रसाद बस्याल अहिले देवचुली नगरपालिकामा बस्दै आएका छन्। उनलाई देवचुलीमै कालो मोसो दलिएको जिल्ला सेक्रेटरी अमर गोपालीले बताए। नेकपा बहुमतले उपलब्ध गराएको भिडियोमा कालो मोसो दलेपछि बस्याल तिब्र गतिमा भागेको देख्न सकिन्छ। कावासोती ४ हसौरामा करिब ७० विगाहा जग्गा क्यूप्रसाद बस्याल लगायतका भूमाफियाहरुले आफ्नो नाममा गराएका छन्। उक्त जग्गा फिर्ताको लागि स्थानीय तहले पटक  पटक प्रयास गर्दै आएको कावासोती ४ का वडाध्यक्ष नारायण  लोहोनीले बताए। 

नेकपा बहुमतले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी समेत लिएका छन्। नेकपा बहुमतका जिल्ला सेक्रेटरी अमर गोपालीले क्यूप्रसाद बस्याललाई अहिले सांकेतिक कारवाही गरेको र जसको जग्गा हो उसको नाममा फिर्ता नगरे कडा कारवाही गर्ने चेतावनी समेत दिए।