१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २० सोमबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक २० सोमबार १८:५२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

टी–२० क्रिकेट विश्वकपमा छनोट भएको टोलीलाई ५० लाख दिने क्यानको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक २० सोमबार १८:५२:oo

नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी टी–२० क्रिकेट विश्वकप प्रतियोगितामा छनोट भएको राष्ट्रिय टोलीलाई रु ५० लाख दिने निर्णय गरेको छ।

सोमबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको हो। सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने क्रिकेट विश्वकपको एसिया छनोटमा उपविजेता बन्दै नेपाल छनोट भएको छ।

यसैगरी, विश्वकपको एसिया छनोटको फाइनल खेलमा बिक्री भएको टिकटबाट संकलित रकमको ५० प्रतिशत रकम जाजरकोट भूकम्पपीडितलाई उपलब्ध गराउने निर्णय पनि क्यानले गरेको छ।