मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २७ शुक्रबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार २७ शुक्रबार o७:o८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हिम स्टारको आइपिओ भर्ने आज अन्तिम दिन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार २७ शुक्रबार o७:o८:oo

हिम स्टार ऊर्जा कम्पनीको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) शुक्रबारसम्म मात्रै भर्न पाइनेछ । कम्पनीले २४ असारदेखि सर्वसाधारणका लागि प्रतिकित्तासय रुपैयाँमा सात लाख ७३ हजार ९७५ कित्ता आइपिओ निष्कासन गरेको छ । 

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशतले हुन आउने ११ लाख १९ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये एक लाख ८६ हजार पाँच सय कित्ता आयोजना प्रभावित र ९३ हजार २५० कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री गरी बाँडफाँट गरिसकेको छ । 

त्यस्तै, कम्पनीले १८ हजार ६५० कित्ता सेयर कर्मचारीका लागि र ४६ हजार ६२५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । यसरी बाँकी रहेको सात लाख ७३ हजार ९७५ कित्ता सर्वसाधारणमा निष्कासन गरेको हो ।