१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० कार्तिक १४ मंगलबार १०:३२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

हुवावेमा प्रयोग भएको चिपलाई लिएर चीन–अमेरिका लडाइँ

कुनै अमेरिकी रणनीतिले हुवावेलाई किनारा लगाएको अवस्था हो भने उसले कुनै न कुनै रूपमा प्रतिबन्धबाट बाहिर निस्कने बाटो खोज्छ

Read Time : > 2 मिनेट
२०८० कार्तिक १४ मंगलबार १०:३२:००

हुवावेको नयाँ टेक्नोलोजी प्रयोग भएको फोन सार्वजनिक भयो । फोन सार्वजनिक भएपछि अमेरिका–चीन चिपयुद्धमा फेरि एकपटक आमनेसामने भएका छन् । खासमा, अमेरिकाले हुवावेमा प्रयोग चिपलाई चीनको पहुँचभन्दा बाहिर राख्ने अपेक्षा गरेको थियो । 

गत महिना हुवावेले आफ्नो डिभाइसमा प्रयोग भएको चिप्सबारे विस्तृत जानकारी नदिई मेट–६० प्रो फोन जारी गरेको थियो । तर, ओटावास्थित सेमिकन्डक्टरमा विशेषज्ञता राख्ने एक शोध संस्था टेक इनसाइड्सले विश्लेषणका लागि फोन खोलेर हेर्दा जे परिणाम देखियो, त्यसले उसलाई हैरान बनायो । 

उक्त डिभाइस चीनमा निर्मित किरिन ९०००एस ७ न्यानोमिटर प्रोसेसरमा चलाइएको थियो । चिपको मापदण्ड जरुरी छ । कारण, साना चिप्स धेरैभन्दा धेरै तत्वसँग प्याक गर्न सकिन्छ । जसले गर्दा त्यो गतिशील र शक्तिशाली बन्न सक्छ । 

चिप निर्माता कम्पनी सेमिकन्डक्टर 
म्यानुफ्याक्चरिङ इन्टरनेसनल कर्प (एसएमआइसी) पहिले १४ न्यानोमिटर स्तरसम्मको चिप बनाउने भनेर चिनिन्थ्यो । हुवावेको स्मार्टफोनमा प्रयोग भएको प्रोसेसरको विश्लेषण गर्दै टेक इनसाइड्सले चीन सरकारले घरेलु चिप इकोसिस्टमका लागि ढोका खुलेको बताएको छ । 

अमेरिकालाई झड्का
हुवावे र एसएमआइसी दुवै कम्पनी सुरक्षा जोखिमका कारण अमेरिकी प्रतिबन्धमा परेका छन् । एसएमआइसी चीनकै ठूलो चिप निर्माता कम्पनी हो । जसलाई विश्वकै उन्नत माइक्रोचिप्स उत्पादन गर्नका लागि आवश्यक पर्ने एक्सट्रिम अल्ट्राभायलेट मेसिन खरिद गर्न प्रतिबन्ध लगाइएको छ । कन्सल्टिङ कम्पनी युरेसिया ग्रुपका लु जियाओमेङ खासगरी हुवावे फोनको फाइभ–जी क्षमता उल्लेख गर्दै भन्छन्, ‘यसले अमेरिकालाई केही झड्का जरुर दिएको छ । प्रत्येक चिजमा अमेरिकाले प्रतिबन्ध लगाएको छ । तैपनि, चीनले कसरी प्रगति गरिरहेको छ ?’

हुवावे र एसएमआइसी दुवै कम्पनी सुरक्षा जोखिमका कारण अमेरिकी प्रतिबन्धमा परेका छन् । एसएमआइसी चीनकै ठूलो चिप निर्माता कम्पनी हो । जसलाई विश्वकै उन्नत माइक्रोचिप्स उत्पादन गर्नका लागि आवश्यक पर्ने एक्सट्रिम अल्ट्राभायलेट मेसिन खरिद गर्न प्रतिबन्ध लगाइएको छ ।

अमेरिकालाई सन्देश
हुवावे फोन सार्वजनिक हुनुलाई चीनमा केही हदसम्म राष्ट्रिय विजयका रूपमा लिइएको छ । संयोग पनि कस्तो भने उक्त फोन अमेरिकी वाणिज्यमन्त्री गिना रायमोन्डोको यात्राका वेला सार्वजनिक गरिएको थियो । यसको उद्देश्य अमेरिकारले चीनको आत्मनिर्भरतालाई बुझ्न सकोस् भन्ने रहेको जानकारहरू बताउँछन् । यो विषयलाई अमेरिकाले ध्यान नदिएको पनि होइन, दिएको छ । बाइडेन प्रशासनले यसअघि नै सम्भावित प्रतिबन्ध उल्लंघनको छानबिन सुरु गरिसकेको छ । त्यस्तै, केही रिपब्लिकन सांसदले भने कडाभन्दा कडा प्रतिबन्धको माग गरेका छन् । 

यद्यपि, स्पष्टीकरणमा अत्याधुनिक प्रविधि प्राप्त गर्न सम्पूर्ण प्रतिबन्ध लत्याउने चिनियाँ कम्पनीलाई संलग्न गराउनचाहिँ सकिँदैन । गत वर्ष टेक इनसाइड्सले एसएमआइसीले कम उन्नत डिप अल्ट्राभायलेट मेसिन प्रयोग गरी ७–एनएम चिप्स बनाउन सक्षम हुन्छ भन्ने रिपोर्ट पेस गरेको थियो । 

युरेसिया ग्रुपको भूप्रविधि अभ्यासका प्रमुख लुका अनुसार हुवावेको नवीनतम प्रगति यसरी आश्चर्यजनक तरिकाले आउनुहुँदैनथ्यो । यदि कुनै रणनीतिले हुवावेलाई किनारा लगाएको अवस्था हो भने उसले कुनै न कुनै रूपमा यी प्रतिबन्धबाट बाहिर निस्कने बाटो खोज्छ नै । 

अमेरिकी थिंक ट्यांक सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजमा प्रविधि र सार्वजनिक नीति कार्यक्रमका निर्देशक रहेका जेम्स लुइसीले नयाँ प्रतिबन्धले चिपको दौडमा समय लगाइदिन सक्छ । तर, हुवावे र अन्य चिनियाँ कम्पनीलाई रोक्न भने सक्दैन । 

ताइवानी कम्पनी टिएसएमसीको अवस्था के होला ?
केही विशेषज्ञ हुवावेको सफलतालाई कम आँक्न नहुने र कम्पनीले ठूलो परिमाणमा उन्नत चिप उत्पादन गर्न सक्छ भन्ने विषयमा सन्देह गर्न नहुने बताउँछन् । ताइवानको औद्योगिक प्रविधि अनुसन्धान संस्थानका कन्सल्टिङ डाइरेक्टर रे याङका अनुसार शोध र विकासको चरणमा हुनुको सट्टा प्रविधि उत्पादनका लागि योग्य बनाउनु जरुरी छ ।

विश्वको अग्रणी चिप निर्माता ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टिएसएमसी) सँग उत्पादनका लागि सबै खालका पेटेन्ट उपलब्ध छन् । तर, एसएमआइसी यो मामिलामा निकै पछाडि छ । टिएसएमसी वैश्विक बजारलाई योभन्दा पनि उन्नत फाइभ–एनएम चिप्स आपूर्ति गर्न सक्छ । साथै, उन्नत सेमिकन्डक्टरका लागि ६० प्रतिशतभन्दा बढी कम्पनीको निर्माण क्षमता छ । याङका अनुसार हुवावेको सफलता अल्पकालीन हुनेछ । यो एकाध वर्ष मात्रै पनि टिक्न सक्छ । 

निर्यातमा प्रतिबन्ध ‘शीतयुद्ध’
केही हप्ताअघि अमेरिकी वाणिज्यमन्त्री रायमोन्डोले उन्नत चिपसहित ठूलो संख्यामा स्मार्टफोन उत्पादन गर्ने हुवावेको क्षमताबारे कुनै प्रमाण नभएको र यसबारे निर्माण प्रक्रियाको छानबिन जारी राखेको बताएका थिए । चीनविरोधी मानिसले अझै कडा प्रतिबन्ध लगाउनुपर्ने माग राखिरहेका वेला केही विशेषज्ञ भने वैश्विक आपूर्ति शृंखलासँग बलियोसँग जोडिएको चीनका लागि कठोर उपाय पारित गर्न असम्भवजस्तै रहेको बताउँछन् । 

चिप्समा प्रतिबन्ध लगाउने कोसिस शीतयुद्ध समाधानजस्तै हो । तर, चिप्स उत्पादनका लागि चाहिने उपकरणभन्दा पनि चिप्स नै चीन पठाउन अनुमति दिनुपर्ने लुइस बताउँछन् । यसो गर्दा जितको स्थिति हुन्छ, जहाँ अमेरिकी कम्पनीले चीनमा आफ्नो बजार हिस्सालाई यथावत् राख्न सक्छन् । यद्यपि, ओप्पो र साओमीजस्ता चिनियाँ ब्रान्डले मूल्य कम र गुणवत्ता धेरै भएका पश्चिमा चिप्सकै सहारा लिनेछन् ।