Skip This
चीनले रोक्यो चिपमा प्रयोग हुने महत्वपूर्ण धातुको निर्यात
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
२o८१ बैशाख २८ शुक्रबार o८:३३:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

चीनले रोक्यो चिपमा प्रयोग हुने महत्वपूर्ण धातुको निर्यात

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o८:३३:oo

अमेरिका र चीनबीचको प्रविधि युद्धमा पश्चिमा शक्ति पछिल्लो समय बढी नै आक्रामक देखिएको छ । गतवर्ष अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले अमेरिकी प्रविधिमा चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीहरूको पहुँच सीमित बनाउन कडा प्रतिबन्ध लगायो । अमेरिकाले पनि आफ्ना सहयोगीलाई पनि उसैको तरिका पछ्याउन आग्रह गर्दै आएको छ ।

३० जुनमा नेदरल्यान्डले ह्वाइट हाउसको दबाबमा केही चिपमेकिङ किटको चिनियाँ बिक्रीमा प्रतिबन्ध लगाउने बताएको छ । चिप बनाउन चाहिने विश्वको सबैभन्दा उन्नत लिथोग्राफी मेसिनको डच निर्माता एएसएमएलले अबदेखि चिनियाँ ग्राहकलाई कमसल खालका चिप बनाउने उपकरण मात्र बेच्नेछ । ४ जुलाईमा वालस्ट्रिट जर्नलमा प्रकाशित रिपोर्टअनुसार अमेरिकी सरकारले अमेरिकी क्लाउड–कम्प्युटिङ सेवाको चिनियाँ प्रयोगलाई रोक्न तयारी गरिरहेको छ । अमेरिकी क्लाउड–कम्प्युटिङ सेवाहरूबाट चिनियाँ एआई कम्पनीहरूले आफ्नै उन्नत चिपहरूबिनै क्लाउड प्रदायकका उन्नत प्रोसेसरहरूबाट फाइदा उठाउँदै अमेरिकी प्रतिबन्धलाई छल्न पाइरहेका थिए । 

चिप बनाउन उपयोग हुने धातुको बिक्री प्रतिबन्धको प्रभाव विश्वभरका चिप उद्योगमा पर्न सक्छ । विश्वको ८० प्रतिशत ग्यालियम र जर्मेनियम चीनले आपूर्ति गर्दै आएको छ । अमेरिकाले पनि आफ्नो जर्मेनियम आपूर्तिको ५० प्रतिशत हिस्सा चीनबाट प्राप्त गर्ने गर्छ । 
 

चीनका कम्युनिस्ट अधिकारीले अहिलेसम्म अमेरिकी प्रतिबन्धहरूको आक्रमणको जवाफ एउटै मात्र र तुलनात्मक रूपमा कमजोर प्रतिक्रियाबाट दिइरहेका थिए । गत मेमा उसले केही चिनियाँ कम्पनीलाई इडाहो अवस्थित अमेरिकी कम्पनी माइक्रोन निर्मित मेमोरी चिप्सहरूको प्रयोग गर्नबाट रोक लगाएको थियो । तर, चीनले जुलाई ३ बाट ग्यालियम र जर्मेनियमको निर्यातमा प्रतिबन्ध लगाउँदै अमेरिकातर्फ तोप सोझ्याएको छ । यी दुई धातु उन्नत सेमिकन्डक्टरमा प्रयोग हुने धातु हुन् । 

यो नयाँ निर्यात प्रतिबन्ध अगस्ट १ देखि लागू हुनेछ । एउटा अमेरिकी चिपमेकर माइक्रोन कम्पनीको उत्पादन प्रयोगमा लगाइएको प्रतिबन्धको विपरीत चिप बनाउन उपयोग हुने यी धातुको बिक्री प्रतिबन्धका प्रभाव चिप उद्योगमा विश्वव्यापी रूपमा नै प्रतिध्वनित हुन सक्छ । विश्वको ८० प्रतिशत ग्यालियम र जर्मेनियम चीनले आपूर्ति गर्छ । इन्भेस्टमेन्ट बैंक जेफरिजका अनुसार अमेरिकाले पनि आफ्नो जर्मेनियम आपूर्तिको ५० प्रतिशत हिस्सा चीनबाट प्राप्त गर्ने गर्छ । 

यी धातुको निर्यातमा लगाइने पूर्ण प्रतिबन्धले चिप्स, स्क्रिनहरू, फाइबर अप्टिक उपकरण एवं सोलार प्यानललगायत विद्यमान उत्पादनका विस्तृत शृंखलाको उत्पादनमा अड्चन पैदा हुन सक्छ । यसले नयाँ पुस्ताका प्रविधिको विकासमा पनि अवरोध पु¥याउन सक्छ । चिपमेकरहरूले अधिकांश प्रोसेसरमा प्रयोग हुने सिलिकनलाई ग्यालियम नाइट्राइड वा सिलिकन कार्बाइडले बिस्तारै प्रतिस्थापन गर्ने आशा गरेका छन् । यी दुवैले उच्च भोल्टेज थेग्न सक्छन् । ग्यालियम र जर्मेनियम विद्युतीय सवारीसाधनका साथै आणविक ऊर्जा एवं हतियारलगायत अन्य उपकरणमा पनि उपयोग हुने गर्छ ।

चीनको यो कदम चीन–अमेरिका सम्बन्धको नाजुक मोडमा आएको छ । आ–आफ्नो प्रविधिगत चालबाजीका बाबजुद हालैका महिनामा दुवै पक्षले सम्बन्धलाई स्थिर बनाउने कुरा पनि गरिरहेका छन् । अमेरिकी ट्रेजरी सेक्रेटरी जानेट येलेन आगामी दिनमा वार्ताका लागि बेइजिङ पुग्ने अपेक्षा गरिएको छ । मेमा वासिंटनमा भएको चिनियाँ तथा अमेरिकी वाणिज्य सचिवबीचको बैठक र जुनको अन्त्यमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गरेको चीन भ्रमणपछि येलेनको भ्रमणले वार्तालाई अघि बढाउनेछिन् । ब्लिन्केनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र अन्य वरिष्ठ अधिकारीसँग संक्षिप्त भेट गरेका थिए ।

वासिंटनमा रहेका चीनका विरोधीहरूले चीनको टोकाइ उसको गफभन्दा कमजोर रहेको तर्क गर्न सक्छन् । केही अमेरिकी प्रतिबन्धहरूले जस्तै, चीनका नयाँ नियमले पनि निर्यातकर्तालाई सरकारी अनुमोदन एवं निर्यात इजाजत आवश्यक बनाउनेछ । तर, चीन सरकारले सजिलै इजाजत दिन सक्छ, किनकि पूर्ण प्रतिबन्धले अमेरिकी ग्राहकलाई प्रशस्त जर्मेनियम र ग्यालियम बेच्ने चिनियाँ निर्यातकर्तालाई पनि आघात पुर्‍याउँछ । चीन भागेर हिँड्दैन, ऊ जवाफी हमला गर्न सक्षम छ भन्ने देखाउँदै छ । जस्तालाई तस्तै जवाफ बढ्दै जाने देखिन्छ । 

ad
ad