गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा डा. बद्री केसी विजयी भएका छन् । बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्याशीहरू आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै केसी अध्यक्ष पदमा निर्वाचित भए ।
डा. केसीले १३७८ मत, शर्माले १२८१ मत र श्रेष्ठले १२२५ मत प्राप्त गरे । काठमाडाैंस्थित होटेल सोल्टीमा भएको ११औँ विश्व सम्मेलन र सो क्रममा भएको निर्वाचनमा ६ उपाध्यक्षमा डा. हेमराज शर्मा ९२२६५०, रोविन शेरचन ९२१८००, रामशरण सिम्खडा ९१५५२०, खगेन्द्र न्यौपाने ९१३५७०, राज रेग्मी ९१९००० र डा. विनोद श्रेष्ठ ९१५६०० निर्वाचित भए ।
यस्तै, महिला उपाध्यक्षमा रोजिना प्रधानले १,९४७ मत प्राप्त गरेर विजयी भइन् । सोही पदमा यसमिन वेगम सैयदले १,९१४ मत प्राप्त गरिन् । यस्तै, युवा उपाध्यक्षमा रोशन थापाले २,४६८ मत प्राप्त गरेर विजयी भए । सो पदमा अब्दुल बासिदले १,३२२ मत प्राप्त गरे ।
संघको महासचिवमा गौरीराज जोशीले २,०३७ मत प्राप्त गरेर विजयी भए । महासचिवका अर्का प्रत्याशी बुद्धि सुवेदीले १,८१८ मत प्राप्त गरी उपविजेता भए । यस्तै, उपमहासचिवमा सोम सापकोटा ९१७९०० र प्रवीण गुरुङ ९२१५०० विजयी भए । यस्तै ६ सचिव पदमा भीम केसी कमल ९१६७३०, डा. ज्ञानेन्द्र रेग्मी ९१७८२०, मनोजकुमार श्रेष्ठ ९२०२४०, डा. नवराज रोस्यारा ९१८५३०, पारमणि पोखरेल ९१६५१० र स्वतन्त्र प्रताप शाह ९१६६६० विजयी भएका छन् ।
यस्तै, महिला सचिवमा टिक गुरुङ, राधिका ९२३२०० विजयी भइन् । सोही पदमा विमला सापकोटाले १,५३९ मत प्राप्त गरिन्। संघको कोषाध्यक्षमा सुदन थापाले १,९१७ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी ठाकुरप्रसाद ढुंगानाले १,९१२ मत प्राप्त गरे ।
यस्तै, सहकोषाध्यक्षमा कृष्णप्रसाद तिमिल्सिना ९२०१५०, अभिमन्यू बस्नेत २०८१० र तिलकप्रसाद गैरे ९२२३२० मत प्राप्त गरेर विजयी हासिल गरे। यस्तै, महिला सहकोषाध्यक्षमा अमृत थापाले २,२८७ मत प्राप्त गरेर विजयी भइन्। उनकी प्रतिद्वन्द्वी तृष्णा शर्माले १,५२२ मत प्राप्त गरिन्। यस्तै, अन्तर्राष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले २,३३६ मत प्राप्त गरेर विजयी भइन् ।
सोही पदमा देविका खत्री गुरुङले १,५२४ मत ल्याइन्। यस्तै, संघको युवा संयोजकमा सुपेन्द्र घिसिङले २,०३६ मत प्राप्त गरेर विजयी भए । सोही पदमा रविन अधिकारीले १,७६५ मत प्राप्त गरे।