१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० असोज २९ सोमबार ०७:५०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आजबाट नयाँ नोटको सटही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज २९ सोमबार ०७:५०:००

 नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गर्दै सोमबारबाट नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ ।

काठमाडौं उपत्यकाभित्र केन्द्रीय बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । वाणिज्य बैंकहरूले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनुपर्नेछ । केन्द्रीय बैंकका अनुसार सर्वसाधारणले असोज २९, ३० तथा कात्तिक १, २ र ३ मा नयाँ नोट साट्न पाउनेछन् ।

दसैँ–तिहारमा मात्र १५ अर्बभन्दा बढीको नोट सटही हुने गरेको राष्ट्र बैंकको भनाइ छ । ठूला चाडबाडमा बैंकको ढुकुटीबाट ६० देखि ७० अर्ब रुपैयाँसम्म बाहिरिने गरेको छ ।

अघिल्ला वर्षहरूजस्तै यसपालि पनि एकजनाले बढीमा १८ हजार पाँच सय रुपैयाँसम्मको नयाँ नोट साट्न पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । काठमाडौं उपत्यकाबाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।