१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २८ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज २८ आइतबार ११:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मनसुन बाहिरिन अझै केही  दिन लाग्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज २८ आइतबार ११:१४:oo

तत्काल धान नकाट्न र काटेको भएमा आइतबारसम्ममा भित्र्याइसक्न मौसमविद्को आग्रह, बुधबारपछि मात्रै मौसममा सुधार हुने

बागमती र मधेश प्रदेशको धेरैजसो भूभागबाट यस वर्षको मनसुन बाहिरिएको छ । यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिसकेको मनसुन शनिबारदेखि गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभाग तथा बागमती र मधेश प्रदेशका धेरैजसो भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

नेपालका बाँकी भूभागबाट केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाको भनाइ छ । मनसुन बाहिरिने क्रममा रहेको भए पनि पश्चिमी वायुको प्रभावका कारण सोमबारदेखि बुधबारसम्म नेपालमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना छ ।

आइतबार रातिदेखि पश्चिम वायुको एक प्रणाली आउने भएकाले छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेकाले तत्काल धान नकाट्न र काटेको भएमा आइतबारसम्ममा भित्र्याइसक्न मौसमविद् प्रतिमा मानन्धरको भनाइ छ । 

उनका अनुसार पूर्वबाट मनसुन बाहिरन अझै केही दिन लाग्ने भएकाले बुधबारपछिबाट मात्रै मौसममा सुधार हुने उनले बताइन् । नेपालको पूर्वी भूभागमा मात्रै मनसुनी वायुको आंशिक प्रभाव कायम छ ।

सामान्यतया २ अक्टोबरमा नेपालबाट मनसुन बाहिरिसक्नुपर्ने भए पनि १४ अक्टोबर भइसक्दा मनसुन नेपालबाट पूर्ण रूपमा बाहिरिसकेको छैन । पानी नपरेका कारण वायुमा प्रदूषण र कणहरू बसेकाले दिउँसोपख आकाश खुले पनि बिहान–बेलुका धुम्म हुने मौसमविद् गोविन्द झाको भनाइ छ ।