१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २६ शुक्रबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज २६ शुक्रबार ११:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

आँखाको दृष्टि जोगाउन के गर्ने ? 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज २६ शुक्रबार ११:o७:oo

पछिल्लो समय नेपालमा बालबालिका, वृद्धवृद्धादेखि वयस्कमा दृष्टि कम हुने समस्या देखिने गरेको छ । आँखामा चोटपटक लिएर पनि आउने गरेका छन् । त्यस्तै, सुगर, प्रेसरले गर्दा आँखामा पारेको समस्या पनि देखिएको छ । आँखाको रेटिनालाई असर गरेको हुन्छ । आँखा पाक्ने, रातो हुने समस्या लिएर पनि अस्पताल आएका हुन्छन् । हरेक उमेरसमूहका मानिस आँखाको समस्या लिएर अस्पताल आउने गरेका छन् । आँखाको बाहिरी तहदेखि भित्री तहको समस्या पनि देखिएको छ । 

दृष्टिमा असर 
मोतियाविन्दुका समस्या, जलविन्दुका समस्या, आँखामा चोटपटक लागेर, आँखा रातो, आँखाको दृष्टि कमजोर भएर आँखामा समस्या हुन्छ । साथै, आँखालाई सुगर, प्रेसर, क्षयरोग, कुष्ठरोग, भाइरसको इन्फेक्सन, दादुरा, थाइराइड बढ्ने समस्या, यौनजन्य रोग, बाथरोग तथा हाडजोर्नीका रोगले पनि असर गरेको हुन्छ । यसले आँखाको भित्री तहमा असर गरिरहेको हुन्छ । 

जटिल समस्या 
आँखाको भित्री भागमा चोटपटक लाग्दा दृष्टि गुम्न सक्छ । हाई ब्लडप्रेसरले आँखाको रेटिनालाई असर गर्छ । जसले गर्दा दृष्टि गुम्ने हुन सक्छ । जलविन्दु हुँदा, आँखाको चोटपटक लाग्दा पनि दृष्टि गुम्न सक्छ । आँखा रातो भएर नानीलाई घाउ बनायो भने दृष्टि गुम्न सक्छ । 

भिटामिन एको कमीले आँखाको नानी सुक्दै जाँदा दृष्टि गुम्न सक्छ । यो समस्या बच्चामा देखिन सक्छ । चोटपटक लाग्दा हेलचेक्र्याइँ गर्दा पनि दृष्टिमा समस्या देखिन्छ । 

जन्मजात नै मोतीविन्दु पनि हुन सक्छ । जन्मजात मोतीविन्दु, जलविन्दु, आँखाको नानीका रोग पनि हुन्छन् । धेरैजसो उमेर ढल्किँदै गएपछि मोतीविन्दु हुन्छ । समयमा आँखाको उपचार नहुँदा बिस्तारै भित्री भागसम्म फैलिँदै जान्छ । आँखाको नानी र रेटिनालाई असर गर्नेबित्तिकै समस्या देखिन्छ । तसर्थ, आँखामा कुनै समस्या देखिनासाथ उपचार गर्न जरुरी छ । 

कसरी बच्ने ? 
- बच्चा जन्मिएको ४२ दिनभित्र आँखाको चेकजाँच गर्नुपर्छ । जसले गर्दा जन्मिँदा नै आँखाको समस्या छ भने थाहा हुन्छ र समयमै उपचार गर्न सकिन्छ ।

- स्कुल जानुभन्दा अघि बच्चाको आँखा चेक गर्नुपर्छ । उसको दृष्टि ठीक छ कि छैन भन्ने थाहा हुन्छ । देख्न सक्ने, लेख्न सक्ने छ कि छैन भन्ने थाहा हुन्छ । यस्तो वेला चिकित्सकले चस्मा लगाउनुपर्ने सुझाव पनि दिन सक्छन् । 

- मोबाइल, ल्यापटप हेर्ने बानीले पनि आँखा कमजोर बनाउँछ । त्यसैले बच्चालाई यस्ता डिभाइसमा झुम्मिन दिनुहुँदैन । 

- बच्चालाई ६–६ महिनामा भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुपर्छ । भिटामिन ए प्राप्त हुने खानेकुरा खुवाउनुपर्छ । फलफूल, सागसब्जी, गाँजर, स्याउ, अन्डालगायत माछामासु खुवाउनुपर्छ । यसले शरीर मात्रै होइन, आँखाको दृष्टिमा सहयोग पुग्छ । 

- बालबालिकालाई आँखामा हुने चोटपटकबाट बचाउनुपर्छ । 

- बिहान–बेलुका चिसो पानीले धुनुपर्छ । आँखामा धेरै पानी छ्याप्नुहुँदैन । 

- आफूखुसी औषधि प्रयोग गर्नुहुँदैन । आँखा सामान्य चिलायो, असजिलो भयो भने फार्मेसी गएर औषधि हाल्ने चलन छ । यसले पनि आँखालाई असर गर्न सक्छ । नेत्रचिकित्सकको सल्लाहअनुसार मात्रै औषधिको प्रयोग गर्नुपर्छ । 

- पढ्दा ४०–५० सेन्टिमिटरको दूरीमा बसेर हेर्नुपर्छ । 

- घाममा हिँड्दा चस्मा अनिवार्य लगाउनुपर्छ । पढ्दा वा काम गर्दा सीधा भएर बस्नुपर्छ । 

ad
ad
ad
ad