१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० असोज २२ सोमबार १४:३४:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

गाजापट्टीमा एक लाख २३ हजारभन्दा बढी विस्थापित : संयुक्त राष्ट्रसंघ

Read Time : < 1 मिनेट
२०८० असोज २२ सोमबार १४:३४:००

प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलबीच द्वन्द्व सुरु भएयता गाजापट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले सोमबार जनाएको छ।

‘गाजामा मुख्यतः डर, सुरक्षाको चिन्ता र उनीहरूको घर भत्काइएका कारण एक लाख २३ हजार पाँच सय ३८ भन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्,’ संयुक्त राष्ट्रसंघको मानवीय निकाय ओसिएचएले भनेको छ।

ओसिएचएका अनुसार ७३ हजारभन्दा बढी व्यक्तिले विद्यालयमा आश्रय लिइरहेका छन्, जसमध्ये केहीलाई आपतकालीन आश्रयस्थल तोकिएको छ।

हमासको लडाकु समूहले इजरायलमा घातक आक्रमण गर्नुका साथै हजारौँ रकेट प्रहार गरेपछि इजरायलले शनिबारदेखि गाजामा सयौँ हवाई आक्रमण गरेको छ। 

प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय निकाय (युएनआरडब्लुए)का प्रवक्ता अदनान अबु हसनाले यो संख्या अझै बढ्ने सक्ने बताएका छन्। 

‘यी विद्यालयमा बिजुली छ, हामी उनीहरूलाई खाना, सफा पानी, मनोवैज्ञानिक सहयोग र चिकित्सा उपचार प्रदान गर्छौँ,’ उनले एएफपीसँग भने। 

गाजामा २३ लाख प्यालेस्टिनी छन्, उनीहरूले सन् २००७ मा हमासले सत्ता सम्हालेपछि इजरायली नाकाबन्दीको सामना गरिरहेका छन्।