Skip This
कैदीबन्दी आदान–प्रदान गर्न इजरायल र हमासबीच वार्ता प्रयास
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
२o८१ बैशाख २८ शुक्रबार १६:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

कैदीबन्दी आदान–प्रदान गर्न इजरायल र हमासबीच वार्ता प्रयास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १६:o६:oo

कतारले इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) र इजरायलबीच युद्धका क्रममा कब्जामा लिई बन्दी बनाइएका महिलालाई आदान–प्रदानका लागि मध्यस्थता गरिरहेको बताइएको छ। 

हमास स्रोतका अनुसार आइतबार कतारले इजरायली जेलमा रहेका ३६ प्यालेस्टिनी महिला (युद्धबन्दी) को रिहाइ गरिएमा हमासद्वारा कब्जामा लिइएका सबै इजरायली महिलालाई रिहा गर्ने गरी तत्काल सम्झौता गर्न खोजिरहेको सिन्ह्वाले जनाएको छ। 

हमासले इजरायलका जेलमा रहेका सबै ३६ जना प्यालेस्टिनी महिला युद्धबन्दीलाई रिहा गरेमा कैदी साटासाट गर्न सहमत हुने कतारलाई जानकारी गराएको बताइएको छ। 

हमासले शनिबार गाजापट्टीसँग जोडिएको इजरायली सहरमा अचानक आक्रमण गरेपछि इजरायलले गाजामा जवाफी हमला गरेको थियो। 

आक्रमणका क्रममा हमासका लडाकुले गाजापट्टीलाई इजरायलबाट छुट्याउने सुरक्षा घेरा तोडेर आसपासका समुदायमा आक्रमण गरी महिलासहित इजरायली नागरिकको हत्या र कब्जा गरेका थिए।

गाजास्थित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको पछिल्लो अपडेटअनुसार गाजामा इजरायली हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या चार सय १३ पुगेको छ भने दुई हजार तीन सयभन्दा बढी घाइते भएका छन्। 

त्यसैगरी इजरायलको सरकारी स्वामित्वको कान टिभी समाचारले इजरायलमा मृत्यु हुनेको संख्या सात सय पुगेको जनाएको छ। रासस 

ad
ad