Skip This
प्रोटोकलका कारण पहिलाे लटमा शव ल्याउन नसकिने भयो : परराष्ट्र प्रवक्ता 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २८ शुक्रबार १७:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रोटोकलका कारण पहिलाे लटमा शव ल्याउन नसकिने भयो : परराष्ट्र प्रवक्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १७:१७:oo

इजरायल-हमास द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपालीको उद्धारका लागि आज राति नेपाल एयरलाइन्सको जहाज इजरायल जाँदै छ। 

इजरायलका लागि नेपाल एयरलाइन्सको जहाज आज राति ११ बजे उड्दै छ। तर, इजरायलमा ज्यान गुमाएका १० जना नेपालीको शव भने योपटक ल्याउन सम्भव नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले शव यसपालि नआउने जानकारी गराइन्। 

प्रवक्ता लम्सालले भनिन्, ‘शव यसपालि आउँदैन। इजरायल सरकारबाट हस्तान्तरण भइसकेको छैन। इजरायल युद्धमा रहेकाले दबाब दिने खालको अवस्था पनि छैन। प्रोटोकलको कारण ल्याउन नसकिने भयो। परिवारले बुझिदिनुपर्‍यो।’

परराष्ट्र मन्त्रालयले चार्टर्ड फ्लाइटबाट मात्रै नभएर नियमित उडानबाट पनि जति सक्याे छिटाे स्वदेश फर्कन चाहने नेपालीहरूकाे उद्धार गरिने जनाएको छ।   

ad
ad