मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २० बुधबार
  • Wednesday, 06 December, 2023
नयाँ पत्रिका काठमाडाैं
२०८० असोज ६ शनिबार ०९:४०:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल, पाकिस्तान र  न्युजिल्यान्ड एकै समूहमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० असोज ६ शनिबार ०९:४०:००

अर्को वर्ष श्रीलंकामा हुने आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल समूह ‘डी’मा परेको छ । २०२४ को जनवरीमा हुने यू–१९ विश्वकपमा नेपालले न्युजिल्यान्ड र पाकिस्तानजस्ता टेस्ट राष्ट्रविरुद्ध खेल्नेछ । नेपालको समूहमा अफगानिस्तानसमेत रहेको छ । नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईलाई सात रनले हराउँदै विश्वकपमा स्थान बनाएको थियो । नेपालका लागि फाइनलमा स्पिनर दीपेश कँडेलले ह्याट्रिक लिएका थिए । सन् २०१६ पछि नेपाललाई विश्वकपमा स्थान रक्षा गराउन कँडेलको भूमिका महत्वपूर्ण रह्यो । 

समूह ‘ए’मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह ‘बी’मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड छन् । समूह ‘सी’मा अस्ट्रेलियाले आयोजक श्रीलंका, जिम्बाबे र नामिबियाको सामना गर्नेछ । नेपालले १३ जनवरीमा न्युजिल्यान्डसँग खेल्नेछ । नेपालले १७ जनवरीमा पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । २० जनवरीमा नेपालको भेट अफगानिस्तानसँग हुनेछ । 

हरेक समूहका शीर्ष तीन टोली अर्को चरणमा पुग्नेछन् । अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नेछन् । शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । हरेक समूहका पुछारका टोलीले १२ देखि १६ स्थानका लागि प्ले अफ खेल्नुपर्ने हुन्छ । क्षेत्रिय छनोटबाट नेपाल, अमेरिका, स्कटल्यान्ड, न्युजिल्यान्ड र नामिबियाले विश्वकपमा स्थान बनाएका थिए ।