मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २६ मंगलबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ २६ मंगलबार ११:o४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालमा भित्रियो ‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’

४४.९ किलोवाट आवरको ‘इनबिल्ड’ ब्लेड ब्याट्री, ३४० किलोमिटर रेन्ज, ६ वटा एयरब्याग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ २६ मंगलबार ११:o४:oo

नेपालका लागि बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक आयातकर्ता एवं वितरक साइमेक्स इंकले बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले सोमबार ‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक गरेको हो । 

बिवाइडी डल्फिनमा ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री रहेको जनाइएको छ । यसले सात किलोवाटको चार्जर समर्थन गर्ने र एकपटक पूरा चार्ज गर्दा तीन सय ४० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ । बिवाइडी डल्फिन अत्याधुनिक बिवाइडी इ–प्लेटफर्म ३.० मा उत्पादन गरिएको जनाइएको छ । यो सेल–टु–प्याक (सिटिपी) प्रविधि अर्थात् ब्याट्री गाडीको बडीमै एकीकृत गरी तयार पारिएको उल्लेख छ । यस प्रकारको प्रविधिले ब्याट्री प्याक भोल्युमलाई कम गर्दै क्याबिन स्पेस गुलो हेन तथा यो प्लेटफर्मले बौद्धिकता, दक्षता, सुरक्षा र सौन्दर्यशास्त्रमा क्यापिटलाइज गरेको कम्पनीको दाबी छ । 

यो ह्याचब्याकमा दुई हजार सात सय एमएम ह्विलबेस रहेको र निकै आरामदायी र फराकिलो क्याबिन स्पेस रहेको उल्लेख छ । यसबाहेक गाडीमा उच्च डिजाइन र प्रविधिसहितको एकीकृत ८–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणाली रहेको जनाइएको छ । जसले गाडीचालकको कार्यसम्पादनमा धेरै सुधार गर्नुका साथै सुरक्षाको हिसाबमा पनि थप बलियो पार्न मद्दत गर्ने कम्पनीको भनाइ छ । 

बिवाइडीको विद्युतीय नयाँ फ्युचरिस्टिक डल्फिनमा चालक र यात्रु सुरक्षाका लागि ६ वटा एयरब्याग रहेको छ । यसबाहेक फर्वाड कोलिजन वार्निङ, ट्र्याक्सन कन्ट्रोल प्रणाली, अटो होल्ड, एडेप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ प्रविधि, लेन डिपार्चर वार्निङ, लेन किपिङ सपोर्टजस्ता विशेषता रहेको कम्पनीले जनाएको छ । यसमा रिअर कोलिसन वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, रिअर क्रस ट्राफिङ अलर्ट र ३६० मोनिटर भ्युजस्ता फिचरहरू पनि समावेश रहेको जनाइएको छ । 

बिवाइडी डल्फिनको डिजाइन समुद्री तत्वहरूबाट पे्ररित भई तयार पारिएको कम्पनीको दाबी छ । पर्यावरणमैत्री यो गाडीको सिटमा देखिने छालाका सामग्रीहरू ‘भिगन’ छालाबाट बनाइएको जनाइएको छ । गाडीको ड्यासबोर्डमा १२.८ इन्चको इन्टेलिजेन्ट रोटेटिङ टचस्क्रिन रहेको र यसले ब्लुटुथ कनेक्टिभिटीका साथै एप्पल कारप्ले पनि समर्थन गर्ने जनाइएको छ । 

यसमा रहेको अल्ट्रा–सेफ ब्लेड ब्याट्री प्रविधिले चालकलाई भरपर्दो र सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्ने जनाइएको  छ । यसबाहेक ब्लेड ब्याट्रीले डिसी चार्जर प्रयोग गरेर गाडी चार्ज गर्दा ३० मिनेटमा ८० प्रतिशत चार्ज दिने जनाइएको छ । 

साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले ग्राहकलाई अत्यन्त सन्तुष्टि र नेपालमा विद्युतीय गतिशीलताको अनुकूलन सुनिश्चित गर्न कम्पनी प्रतिबद्ध रहेको बताइन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बिवाइडी विद्युतीय गाडी अटोमोबाइलका रूपमा मात्र नभई समाधानका रूपमा बिक्री गर्न लागेको बताए । 

नेपाली बजारका लागि जिम्मेवार मुख्यालयका बिवाइडी प्रतिनिधि एडम हुले भने, ‘यो नेपालका लागि निकै विशेष क्षण हो । बिवाइडी अट्टो ३ ले नेपाली बजारमा निकै राम्रो बजार पाएको थियो । यसपछि डल्फिनले पनि बजार पाउनेमा निकै सकारात्मक र आशावादी छौँ ।’ 

बिवाइडी डल्फिन स्यान्ड ह्वाइट (सेतो), माल्दिभ पर्पल (बैजनी), कोरल पिंक (गुलाबी) र अर्बन ग्रे गरी चार विभिन्न रङमा उपलब्ध हुने जनाइएको छ । यो गाडीको सुरुवाती मूल्य ३९ लाख ८० हजार रुपैयाँ तोकेको छ । ग्राहकलाई नाडा आटे सो २०२३ पछि गाडी वितरण सुरु गर्ने कम्पनीले जनाएको छ ।