१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १३ बुधबार
  • Saturday, 21 September, 2024
२o८o भदौ १३ बुधबार १२:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ड्युटीमा रहेका प्रहरी हवल्दारको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १३ बुधबार १२:३३:oo

डोटीमा ड्युटीमा रहेको अवस्थामा एक प्रहरी हवल्दारको मृत्यु भएको छ। 

इलाका प्रहरी कार्यालय दिपायलमा कार्यरत दिपायल सिलगढी नगरपालिका– १ तिखाका प्रहरी हवल्दार नवराज खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन्। 

दिपायल विमानस्थलको ड्युटीमा रहेका खड्का बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि शैलेश्वरी अस्पताल दिपायलमा लगेलगत्तै उनलाई मृत घोषणा गरिएको थियो।

विगत लामो समयदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएका खड्काको मृत्युको कारण भने खुल्न नसकेको प्रहरी उपरीक्षक धमलाले बताए। मृतक खड्का दिपायल सिलगढी नगरप्रमुख विजय खड्काका भाइ हुन्।