१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ १३ बुधबार १०:३९:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

हरिवंशलाई उत्कृष्ट अभिनेताको अवार्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ १३ बुधबार १०:३९:००

हरिवंश आचार्यले उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड जितेका छन् । त्यसैगरी दिया मास्केले ‘प्रकाश’बाट उत्कृष्ट अभिनेत्री तथा यही फिल्मबाट दिनेश राउतले उत्कृष्ट निर्देशकको अवार्ड जिते । ०७८/७९ मा प्रदर्शन भएका चलचित्रमध्येबाट विभिन्न विधामा उत्कृष्टलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरेका हुन् । 

राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार आयोजित समारोहमा पटकथा, छायांकन, सम्पादन, अभिनेत्री, अभिनेता, निर्देशक, आदिवासी जनजाति र जुरी अवार्ड वितरण गरिएको थियो । उत्कृष्ट छायांकनतर्फ चलचित्र ‘लप्पन छप्पन– २’ बाट पुरुषोत्तम प्रधानले अवार्ड जिते ।  उत्कृष्ट सम्पादनतर्फ चलचित्र ‘दोख’का निमेष श्रेष्ठले अवार्ड हात पारे । 

उत्कृष्ट पटकथा  संवादलेखनका रूपमा ‘चिसो मान्छे’बाट दीपेन्द्र के खनालले अवार्ड हात पारेका छन् । त्यस्तै, समारोहमा ०७८/७९ को दीर्घ साधना सम्मानबाट अभिनेत्री लक्ष्मी गिरी र शिव श्रेष्ठ सम्मानित भए ।