१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० मङ्सिर १९ मंगलबार १६:१४:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

नेपाली खेलाडीको सम्मानमा हरिवंशले ल्याए खेलगीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० मङ्सिर १९ मंगलबार १६:१४:००

हास्यकलाकार हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेलगीत ल्याएका छन्। खेलाडीप्रति समर्पित गर्दै हरिवंशले ‘हामी नेपाली, हाम्रो खेलाडी’ गीत गाएका हुन्।

स्विडेनमा रहेका गीतकार डा. दीपराज थापाको शब्द रहेको गीतको भिडियोमा विभिन्न खेलमा लागेका नयाँ–पुराना खेलाडीका यथार्थ श्रव्यृदृश्य समेटिएका छन्। नेपाल टी–२० विश्वकपमा छनाेट भएको र नेपालमा खेलप्रतिको इज्जत बढिरहेको माहोलमा यो गीत ल्याएको गायक आचार्यले बताएका छन्।

सिन्धुली घर भएका रचनाकार तथा निर्माता डा. थापा विगत १८ वर्षदेखि स्विडेनमा बस्दै आएका छन्। पेसाले उनी प्राध्यापक तथा रिसर्च वैज्ञानिक हुन्।

विशाल निरौलाको संगीत र एरेन्ज रहेको यो गीतको भिडियो राष्ट्रिय खेलकुद परिषदमा समेत खिचिएको छ। ‘हामीले बनाउनुपर्ने गीत तपाईंहरूले बनाउनुभएछ भनेर राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीले तारिफ गर्नुभएको छ,’ हरिवंशले सुनाए।

श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको यो गीतको रेकर्डिस्ट रञ्जन राई हुन्। गीतकार थापासँगै अस्ट्रेलियानिवासी सुशीला पौड्याल र गौपाल पौड्याल यो गीतका निर्माता हुन्।

हेर्नुहोस् भिडियो :