Skip This
‘सामाजिक सञ्जालले पठन–संस्कृति ओझेलमा पार्दै छ’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ११ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण ११ शुक्रबार १३:५९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘सामाजिक सञ्जालले पठन–संस्कृति ओझेलमा पार्दै छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण ११ शुक्रबार १३:५९:oo

कलाकार हरिवंश आचार्यले साहित्यविना समाज बन्दै नबन्ने भएकाले आफ्नो साहित्य–संस्कृतिको जगेर्ना गर्नु हरेक जनप्रतिनिधिको कर्तव्य भएको बताएका छन्। बुढानीलकण्ठ सांस्कृतिक साहित्यिक महोत्सव २०८० को उद्घाटन मन्तव्य दिने क्रममा कलाकार आचार्यले सो विचार व्यक्त गरेका हुन्।

बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा भएको दुईदिने महोत्सवमा पठन–संस्कृतिबारे बोल्दै उनले भने, ‘हिजोआज साहित्य र पठन–संस्कृतिलाई सामाजिक सञ्जालले ओझेलमा पार्दै लगेको  छ।  पठन–संस्कृतिको जगेर्ना गर्न भावी पुस्तामा किताब संस्कृतिको महत्व बुझाउनुपर्ने आवश्यकता छ।’

स्थानीय जनप्रतिनिधिबाट पठन–संस्कृति विस्तारका लागि देशका विभिन्न क्षेत्रका साहित्यकारलाई जुटाएर बुढानीलकण्ठ नगरपालिकाले सांस्कृतिक सदभाव झल्कने कार्यक्रमका लागि गरेको प्रयासको प्रशंसा गरे। हरिवंशले कुनै पनि कला र कलाकार साहित्यभन्दा पर रहन नसक्ने बताउँदै आफू र मदनकृष्ण श्रेष्ठको काम पनि सधैँ साहित्यकै नजिक रहेको बताए।

शुक्रबार र शनिबार चल्ने दुईदिने महोत्सवमा कलाकार आचार्यद्वारा लेखक झमक घिमिरेलाई सम्मानसमेत गरिएको थियो। स्थानीय विषय, पहिचान र प्रतिनिधित्वलाई केन्द्रमा राखिएको महोत्सव उद्घाटनमा ७० जना जनप्रतिनिधि सहभागी भएका थिए।

स्थानीय सांस्कृतिक झाँकी र गाजाबाजाबाट सुरु भएको महोत्सवमा दर्जनौँ राष्ट्रिय कलाकार, ५० जनाभन्दा बढी कवि, लेखक र विज्ञहरूको उपस्थिति रहने बताइएको छ। महोत्सवमा डा. भगवान कोइराला, मल्ल के. सुन्दरदेखि लक्ष्मी बर्देवा, बुद्धि तामाङ र सुबिन भट्टराईसम्म वक्ताका रूपमा सहभागी हुँदै छन्।

बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजना गरिने महोत्सवमा ‘आहा बुढानीलकण्ठ’ र ‘बुढानीलकण्ठ महफिल’जस्ता बुढानीलकण्ठ विशेष सत्र पनि समावेश छन्। स्थानीय र पहिचानका कुरा उठाउने र जगेर्ना गर्ने हेतुले महोत्सवमा म्ह फुलारु, सेवारो, भुइँजसी, फल्चा व चिनाखँ, चुनिख्यँ, नांगसाल, म्हेन्दोजस्ता मौलिक शीर्षकका सत्रहरू छन्। दोस्रो दिनको कार्यक्रम बुढानीलकण्ठ मन्दिरपरिसरमा आयोजना हुनेछ।