१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १२ मंगलबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ १२ मंगलबार o९:५३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गर्भवती र सुत्केरीले पोषण पुगे–नपुगेको अब मोबाइलबाटै थाहा पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ १२ मंगलबार o९:५३:oo

गर्भवती तथा सुत्केरी महिलाले खानपानलगायत अत्यावश्यक स्वास्थ्य जानकारी अब मोबाइलबाटै पाउने भएका छन् । स्वास्थ्य मन्त्रालयले सुत्केरी तथा गर्भवती महिला, दुई वर्षमुनिका बालबालिका र वृद्धवृद्धाको स्याहार, खानपान स्वास्थ्य अवस्थाबारे जानकारी दिने उद्देश्यले मोबाइल एप निर्माण गरेको छ । 

मोबाइलमा ‘मेरो पोषण साथी’ एप डाउनलोड गरेर यसबारे थप जानकारी लिन सकिनेछ । एपभित्र सुत्केरी तथा गर्भवती महिलाले ध्यान दिनुपर्ने कुरा, खानपान, बच्चाको स्याहार, वृद्धवृद्धाको हेरचाह, खानपानलगायत विषयमा जानकारीमूलक सामग्री राखिएको छ । हाल अधिकांश मानिस इन्टरनेटको पहुँचमा भएकाले मोबाइलबाटै सूचना हेर्न सजिलो हुने गरी एप निर्माण गरिएको मन्त्रालयले जनाएको छ । एपले मुख्यतः पहिलोपटक आमा बन्दै गरेका महिलालाई पोषण अवस्थाबारे जानकारी दिनेछ ।

‘यस्तो मोबाइल एपले गर्भवती, सुत्केरी, वृद्धवृद्धालगायतलाई कसरी स्याहार गर्ने, कस्तो खानेकुरा खानेलगायतका जानकारी दिनेछ,’ स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले भने, ‘शरीरलाई चाहिने पोषण तत्वबारे पनि यसले सूचना दिनेछ ।’ मन्त्रालयको परिवार कल्याण महाशाखाले एप सञ्चालनमा ल्याएको हो । 

यसरी प्रयोग गर्न सकिन्छ एप
सर्वप्रथम प्ले स्टोर वा गुगलमा ‘मेरो पोषण साथी’ सर्च गरेर एप मोबाइलमा डाउनलोड गर्नुपर्नेछ । यसबाहेक स्वास्थ्य मन्त्रालयको साइटमा दिइएको एपको लिंक खोलेर पनि एप डाउनलोड गर्न सकिनेछ । डाउनलोड गरेपछि एपले मागेअनुसारको विवरण भरेर दर्ता गर्नुपर्नेछ । वा विवरण दर्ता नै नगरी पनि त्यहाँ दिइएको अप्सन्स रोजेर जानकारी लिन सकिनेछ । एपबाट पोषण जानकारी, बच्चाको तौल र खानपान पुगे–नपुगेको जानकारीलगायत भिडियो, सेवा केन्द्रको जानकारीलगायतका सेवा लिन लिन सकिनेछ । 

मोहनबहादुर बस्नेत, स्वास्थ्यमन्त्री
मोबाइल एपले गर्भवती, सुत्केरी, वृद्धवृद्धालगायतलाई कसरी स्याहार गर्ने, कस्तो खानेकुरा खानेलगायतका जानकारी दिनेछ । शरीरलाई चाहिने पोषण तत्वबारे पनि यसले सूचना दिनेछ ।