१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
तस्बिर : एपी
एजेन्सी टोकियो
२o८१ जेठ ४ शुक्रबार १४:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

विरोधबीच जापानद्वारा परमाणुदूषित पानी समुद्रमा फाल्न सुरु

Read Time : < 1 मिनेट
एजेन्सी, टोकियो
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १४:o७:oo

जापान सरकारले विरोधबीच बिहीबारदेखि फुकुसिमा दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित पानी समुद्रमा फाल्न सुरु गरेको छ।

स्थानीय समयअनुसार जापानले बिहीबार दिउँसो १ बजेबाट दूषित पानी प्रशान्त महासागरमा फाल्न सुरु गरेको हो। उक्त न्युक्लियर प्लान्टको सञ्चालक टोक्यो इलेक्ट्रिक पावर कम्पनी (टेप्को)का अनुसार पानी दिउँसो १ बजेबाट फाल्न सुरु गरिएको हो।

समुद्रमा पानी फाल्ने निर्णय गरेसँगै माछा मार्नेहरू, स्थानीय र छिमेकी देशहरूले जापानको विरोध गर्दै आएका छन्। जापानको राष्ट्रिय समाचार एजेन्सी क्योदोका अनुसार ८८.१ प्रतिशत जापानी नै सरकारको सो निर्णयको विरुद्धमा छन्।

टेप्कोका अनुसार पहिलो चरणमा १७ दिनभित्र सात हजार आठ सय टन दूषित पानी फालिनेछ।  सिन्ह्वा/न्युज एजेन्सी नेपाल

ad
ad