१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ६ बुधबार
  • Sunday, 11 May, 2025
तस्बिर : इपिए
एजेन्सी टोकियो
२o८o भदौ ६ बुधबार १३:५८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

‘परमाणुदूषित पानी समुद्रमा फाल्ने निर्णयविरुद्ध ८८ प्रतिशत जापानी’

Read Time : < 1 मिनेट
एजेन्सी, टोकियो
नयाँ पत्रिका
२o८o भदौ ६ बुधबार १३:५८:oo

जापान सरकारले बिहीबारदेखि फुकुसिमा दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित पानी समुद्रमा फाल्न सुरु गर्ने निर्णय गरेसँगै विरोध चर्किएको छ।

मंगलबार बसेको जापानको मन्त्रिपरिषद्को बैठकले बिहीबारदेखि परमाणु विकिरणबाट उत्पन्न दूषित पानी समुद्रमा फाल्ने निर्णय गरेको थियो। प्रशान्त महासागरसँग जोडिने देशका नागरिकले विरोध जनाउँदासमेत सरकारले सो निर्णय गरेपछि जापानमै आन्दोलन चर्किएको हो।

सरकारको सो निर्णयको चौतर्फी विरोध भइरहँदा सरकारले भने दूषित पानी समुद्रमा फाल्ने मिति तय गरेको थियो। समुद्री पर्यावरण र सार्वजनिक स्वास्थ्यमा प्रभाव पार्ने भन्दै छिमेकी प्रशान्त द्वीप देशहरूका साथै मत्स्य व्यवसायी र स्थानीयले सरकारको निर्णयको विरोध गरिरहेका छन्। 

जापानी सरकारले परमाणुदूषित पानी प्रशान्त महासागरमा फाल्ने निर्णय लिएपछि स्थानीयहरूले विरोध जनाउँदै आन्दोलनसमेत गरेका छन्। उनीहरूले जापानी प्रधानमन्त्री फुमियो कासिदाको सरकारी निवासअगाडि विरोध प्रदर्शन गरेका छन्।

जनमत सर्वेक्षणले ८८.१ प्रतिशत नागरिक सरकारको सो निर्णयको विरुद्धमा रहेको देखाएकाे जापानको राष्ट्रिय समाचार एजेन्सी क्योदोले जनाएको छ। सिन्ह्वा/न्युज एजेन्सी नेपाल