१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ७ बिहीबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ ७ बिहीबार १o:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

बुढानीलकण्ठमा माटो ब्रान्डको बिक्री केन्द्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ ७ बिहीबार १o:३o:oo

माटोको बिक्री केन्द्र बुढानीलकण्ठको देउवाचोकमा सञ्चालनमा आएको छ । नेपालमा विषादीरहित कृषि उपज उत्पादन तथा बजारीकरणमा थप योगदान पुर्‍याउने उद्देश्यले माटो ब्रान्डको सातौँ स्टोर बुधबारबाट सञ्चालनमा आएको हो ।

माटोले नेपाली उत्पादनलाई ग्राहकहरूको घरदैलोमा पुर्‍याउने र जनस्वास्थ्यको दृष्टिकोणले गुणस्तरीय उत्पादनको स्वाद लिन सकिने स्टोरका अध्यक्ष पवन गोल्यानले बताए । माटोले उपभोक्ताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर नेपाली र रासायनिक मल तथा विषादी प्रयोग नगरिएका उत्पादनलाई मात्र उत्पादन तथा विक्री वितरण गरिरहेको छ । 

काठमाडौंको बानेश्वर, नक्साल, नारायणचौर, गोल्फुटार तथा ललितपुरको झम्सिखेल र सानेपामा माटोका स्टोर सञ्चालनमा रहेका छन् । माटोले अनलाइन अर्डरअनुसार होम डेलिभरी गरेर पनि घरघरमा नेपाली विषादीरहित उत्पादन आपूर्ति गरिरहेको छ । माटो स्वदेशी ब्रान्ड भएकाले नेपालीपन र आत्मनिर्भरताको भावनासँग जोडिएको गोल्यानले बताए । 

किसानले आफ्नो उत्पादनको उचित मूल्य पाइरहेका छैनन् भन्ने थाहा पाएपछि यो यात्रामा लागेको उनको भनाइ छ । गोल्यानले भने, ‘किसानले भोगाइ र संघर्षको मूल्य नपाएको अवस्थाको अन्त्य गर्न र उपभोक्ताबीच प्रत्यक्ष कारोबार स्थापना गर्न माटोको स्थापना गरिएको हो ।’ माटोको स्थापना ०७५ सालमा किसानको उत्थान र रैथाने बालीलाई जोड दिनका लागि खोलिएको हो ।

मुसुरो दाल, गोसाइँकुण्डको स्प्रिङ वाटर, चितवनको मह, इलामको गाईको घिउ र अन्य धेरै यस्ता स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन माटोले प्रोत्साहन गर्दै आइरहेको छ । माटोका स्टोरमा आशापुरी अर्गानिक स्थानीय उत्पादन पनि खरिद गर्न सकिने जनाइएको छ । 

ad
ad
ad
ad