सरकारले चालू आर्थिक वर्षको पहिलो महिनामा ७८ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । साउनमा चालू आवमा उठाउने लक्ष्यको ५.५४ प्रतिशत मात्रै संकलन भएको हो । यस वर्ष १४ खर्ब २२ अर्ब ५४ करोड राजस्व उठाउने सरकारको लक्ष्य छ ।
गत आर्थिक वर्षको साउन महिनामा ७९ अर्ब ७२ करोड राजस्व उठेको थियो । जसको तुलनामा चालू आवको साउनमा उठेको राजस्व १.०६ प्रतिशतले कम हो । यसमा कर राजस्व ७० अर्ब १७ करोड र आठ अर्ब ६९ करोड संकलन भएको छ । यस अवधिमा सरकारले नौ अर्ब ३४ करोड अन्य आम्दानीसमेत गरेको छ ।