१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २ शनिबार
  • Wednesday, 03 July, 2024
२o८o भदौ २ शनिबार १७:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

चालकहरू लागुऔषधको नसामा, धनगढीमा एकै दिन ६ जना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २ शनिबार १७:१८:oo

सार्वजनिक यातायात चलाउने चालकहरू नै लागुऔषध दुर्व्यसनी रहेको पाइएको छ। धनगढीमा एकै दिन ६ जना यस्ता चालक पक्राउ परेका छन्। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले शनिबार बिहान गरेको चेकजाँचमा ६ जना चालकले लागुऔषध सेवन गरेर सवारी चलाएको पुष्टि भएको छ। 

उनीहरूलाई पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, कैलाली पठाइएको जिल्ला ट्राफिक प्रहरी इन्स्पेक्टर वीरेन्द्रसिंह जोहारीले बताए। 

ट्राफिक प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरस्थित मोहना अत्तरिया ६ लेन सडक खण्डमा शनिबार चेकजाँच गरेको थियो । सार्वजनिक सवारी चलाउने १५ जना चालकको पिसाबमार्फत लागु पदार्थ सेवन (लापसे) जाँच गरेकोमा ६ जनाले सेवन गरेको पुष्टि भएको हो। 

पक्राउ पर्नेमा टिपरचालकद्वय दिवाकुर भुजेल र रमेश भट्टराई, सार्वजनिक बसका चालक महादेव जोशी, फोर्स गाडीका चालक यादव बोहरा, विंगर गाडीका चालकद्वय बिदुस राना र अर्जुन रावल छन्। 

कैलालीमा पहिलोपटक चालकमाथि लापसे जाँच सुरु भएको हो। दुर्घटना न्यूनीकरणको उद्देश्यले यस्तो कारबाही थालिएको ट्राफिक प्रहरी जोहारीले जानकारी दिए।

ad
ad
ad
ad