प्रहरीले स्रोत नखुलेको १४ लाख सात सय रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका– ७ का महेन्द्र साह रहेका छन् । गत पुस ४ गते राजविराजको सिराहा रोडबाट उक्त रकमसहित साहलाई नियन्त्रणमा लिए पनि प्रहरीले घटना मंगलबार बिहान मात्र सार्वजनिक गरेको हाे ।
उक्त रकम हुन्डी कारोबारको रहेको प्रहरी स्राेतले जानकारी दिए । सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले पक्राउ गरिएका साहमाथि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ कसुरअन्तर्गत मुद्दाको प्रक्रिया अघि बढाइएको बताए ।