मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ९ मंगलबार
  • Tuesday, 24 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ९ मंगलबार ११:४५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

१३ पुसमा पोखरामा ‘वर्ल्डलिंक कार्निभल’ हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ९ मंगलबार ११:४५:oo

इन्टनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले पोखरामा ‘वर्ल्डलिंक कार्निभल’ आयोजना गर्ने भएको छ । यस कार्निभलमा विभिन्न प्रकारका फुड स्टलहरू, बाल‍बच्चाका लागि खेलहरू, विभिन्न प्रकारमा रमाइला खेलहरू रहने वर्ल्डलिंकले जनाएको छ । १३ पुस शनिबारको दिन बिहान नौ बजेबाट सुरु हुने कार्निभल साँझ पाँच बजेसम्म चल्नेछ ।

यस कार्निभलको मुख्य आकर्षणका रूपमा ‘द इलिमेन्ट्स’ ब्यान्डको प्रस्तुति रहने तथा त्यसका साथै विभिन्न स्थानीय कलाकारको बेजोड प्रस्तुतिसमेत रहनेछ । चर्चित कार्यक्रम प्रस्तोता सुजिता श्रेष्ठद्वारा सञ्चालन गरिने यस कार्निभलमा चर्चित डिजे एमीको प्रस्तुतिसमेत रहने बताइएको छ ।

पोखराको, पामे, चंखपुरमा ‘अन्तर्राष्ट्रिय बलुन फेस्टिभल’को पाँचौँ दिनमा हुन गइरहेको यस कार्निभलमा विभिन्न प्रकारका मनोरञ्जनात्मक खेलहरू ‘पब्जी प्रतियोगिता’ तथा विभिन्न स्टलहरू रहनेछन् । 

साथै, यसै कार्यक्रममा ‘बिट द स्पिड’को प्रतियोगितासमेत हुने वर्ल्डलिंकले जनाएको छ । त्यस प्रतियोगितामा एक सय ४५ किमि प्रतिघण्टाभन्दा माथिको बलिङ गर्न सफल भएमा एक प्रतियोगीले आइफोन– १६ उपहार पाउन सक्नेछन् ।

यस कार्निभलमा सहभागी हुन चाहनेहरूको सहजताका लागि वर्ल्डलिंकले पोखरामा पामेसम्मका लागि निःशुल्क बस सेवासमेत प्रदान गर्ने भएको छ ।