मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ९ मंगलबार
  • Wednesday, 25 December, 2024
२o८१ पौष ९ मंगलबार २१:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सूर्यदर्शन सहकारी ठगी : एमाले नेतृ एवं पूर्वप्रदेश सभा सदस्य गुरुङ पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ९ मंगलबार २१:o६:oo

सूर्यदर्शन सहकारीको रकम ठगी एवं अपचलको आरोपमा एमालेकी नेतृ एवं गण्डकी प्रदेश सभाकी पूर्व सदस्य मीना गुरुङ पक्राउ परेकी छिन् । एमालेको मजदुर संगठन जिफन्टमा लामो समय काम गरेकी पोखरा–१२ रानीपौवा निवासी ६३ वर्षीया गुरुरू प्रहरीको फरार सूचीमा थिइन् । जिफन्टका पूर्वउपाध्यक्ष समेत रहेकी उनलाई निवासबाट प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

उनलाई पर्सी बिहीबार जिल्ला अदालत कास्कीमा पेश गरिने कास्की प्रहरीका प्रवक्ता बसन्तकुमार शर्माले जानकारी दिए । पक्राउ परेकी उनलाई सहकारी ठगीको अभियोग लगाइएको छ । सहकारीको ठगी सम्बन्धमा आइतबार आभियोग पत्र दर्ता भएका ४४ जनामध्ये एमाले नेतृ गुरुङ समेत थिइन् । सूर्यदर्शन सहकारी स्थापना कालमा तत्कालिन तर्दथ समितिको सदस्य र पछि सञ्चालक समितिको उपाध्यक्ष भई काम गरेकी गुरुङ ०७४ सालमा गण्डकी प्रदेश सभामा समानुपातिकबाट सांसद बनेकी थिइन् ।

०७९ को निर्वाचनमा भने उनी कास्की २ ख बाट पराजित भएकी थिइन ।