मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ९ मंगलबार
  • Tuesday, 24 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ९ मंगलबार १३:२२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

बालकोट हत्या प्रकरण : बुवा र भाइको हत्यापछि मिलनद्वारा आत्महत्या प्रयास 

‘लोक सेवामा फेल भएँ, पारिवारिक तनावका कारण यस्तो निर्णय गरे’ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ९ मंगलबार १३:२२:oo

भक्तपुरको बालकोटमा मृत भेटिएका कुलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रवीणको जेठा छोरा मिलनलबाटै हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ । मिलनलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ। 

मंगलबार बिहान आफैँ प्रहरीमा उपस्थित भएका मिलनले अभियोग स्वीकार गरेका छन्। पारिवारिक तनावका कारण आफूले हत्या गरेको उनकाे साबिती छ । ‘म पनि धेरैपटक लोकसेवाको परीक्षामा फेल भएँ, बुवा पनि डिप्रेसनमा हुनुहुन्थ्यो,’ सोधपुछमा आबद्ध एक प्रहरीले उनलाई उद्धृत गर्दै भने, ‘पारिवारिक तनावकै कारण म यस्तो निर्णयमा पुगेँ ।’ हत्यापछि आफूले पनि आत्महत्या गर्ने योजना बनाएको, तर असफल भएको उनले प्रहरीमा बताएका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार मिलनले आफैँले हत्या गरेको स्वीकार गरेका छन्। तर, त्यसमा विस्तृत अनुसन्धान हुने उनको भनाइ छ । ‘पारिवारिक तनावका कारण हत्या गरेको उनले बताएका छन्, त्यसमा थप अनुसन्धान सुरु भएको छ,’ उनले भने।

आरोपी मिलन अचार्य पक्राउपछि महाराजगञ्ज वृत्तमा 


प्रारम्भिक अनुसन्धानमा सुतिरहेकै अवस्थामा उनले हत्या गरेको देखिन्छ । हत्यापछि राति नै उनी घरबाट निस्किएका थिए।  

खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य हुलाक कार्यालय दिक्तेलका निमित्त कार्यालय प्रमुख हुन्।कार्यालयकै कामले पाँच दिनअघि काठमाडौं आएका उनी छोराहरूको डेरामा बसेका थिए। शनिबार बेलुका तीनैजना डेरामा रहेको सो घरमा बस्ने अन्यले बताएका छन्।

शनिबार बिहानदेखि कोठा बाहिरबाट बन्द थियो। सोमबारसम्म पनि ढोका नखुलेपछि प्रहरी बोलाएर सोमबार ढाेका खोल्दा दुईजनाको शव भेटिएको हो। जिल्ला प्रहरी परिसर, भक्तपुरका अनुसार छोराको शव किचनमा र बुबाको अर्काे कोठामा भेटिएको हो। किचनको सिलौटोमा कपाल र रगत छ। हत्यामा डम्बबेलको समेत प्रयोग भएको आशंका प्रहरीको छ।    जेठा छोरा मिलन स्नातकसम्मको पढाइ पूरा गरी लोकसेवा आयोगको तयारीमा थिए भने कान्छा छोरा प्रवीण भिएस निकेतन कलेजमा बिएस्सी दोस्रो तहमा अध्ययनरत थिए। नायब सुब्बा तहमा कार्यरत कुलप्रसादले छोराहरूलाई पढाउन भक्तपुरमा राखेका थिए। 

मृतकहरूको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।