मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ९ मंगलबार
  • Wednesday, 25 December, 2024
२o८१ पौष ९ मंगलबार १२:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

रेस्टुरेन्टमा बिल तिर्ने क्रममा विवाद हुँदा ललितपुरमा चक्कु प्रहार गरेर ग्राहकको हत्या 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ९ मंगलबार १२:१२:oo

ललितपुरको च्यासलमा सोमबार राति एक युवकको हत्या भएको छ । च्यासलस्थित टाउन अफ क्याफेमा ललितपुर सातदोबाटो बस्ने सुनसरी इटहरी घर भएका २३ वर्षीय नयन गुरुङको हत्या भएको हो । हत्या आरोपमा  सोही रेस्टुरेन्टका कामदार डडेलधुरा घर भई ललितपुर महानगरपालिका– ९ च्यासल बस्ने २६ वर्षीय हेमराज भट्टलाई  राति नै प्रहरीले पक्राउ गरेको छ । 

ललितपुर प्रहरीका प्रवक्ता एसपी नवरत्न पौडेलका अनुसार प्रारम्भिक अनुसन्धानमा बिल तिर्ने विषयमा विवाद हुँदा हत्या भएको हो ।  घटना राति सवा नौ बजेको हो । चक्कु प्रहार गर्दा गम्भीर घाइते भई उपचारका लागि बी एन्ड बी अस्पताल ग्वार्को पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बालकुमारी र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीलाई पक्राउ गरेको हो ।

थप अनुसन्धानका लागि क्याफेका सञ्चालक पदमलाल भट्ट र क्याफेका कुकलाई प्रहरीले नियन्त्रणमा लिएको ललितपुर प्रहरीले जनाएको छ । मृतक गुरुङ हिमालयन इन्जिनियरिङ कलेजका विद्यार्थी हुन् ।