१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३१ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ३१ बुधबार o६:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्री ३० भदौमा न्युयोर्क र ४ असोजमा उतैबाट चीन जाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ३१ बुधबार o६:o६:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भदौ अन्तिम साता न्युयोर्क र असोज पहिलो साता चीन भ्रमण तय भएको छ । संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन ३० भदौमा न्युयोर्क पुग्ने र त्यतैबाट ४ असोजमा चीनको औपचारिक भ्रमणमा जाने तय भएको हो । परराष्ट्र मन्त्रालयले दुवै भ्रमणको तयारी थालेको छ । 

मंगलबार बालुवाटारमा पत्रकारहरूसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले ६ र ७ असोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङसहित उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जानकारी दिए । पाँच दिन न्युयोर्कको व्यस्त कार्यतालिका सम्पन्न गरेर प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट ४ असोजमा चीन जानेछन् । उनले न्युयोर्कमा 
४ असोजमा संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्नेछन् । 

२ असोजदेखि संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ सत्रअन्तर्गत उच्चस्तरीय सम्बोधन सुरु हुनेछ । प्रचण्ड पाँच दिनको न्युयोर्क बसाइमा अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहदेखि उच्चस्तरीय भेटवार्तामा सहभागी हुने कार्यक्रम छ । 

चीन भ्रमणका क्रममा नेपाल–चीन सीमापार विद्युत् प्रसारणलाइनसम्बन्धी सम्झौता हुन सक्ने प्रधानमन्त्रीको भनाइ छ । उनले रसुवागढी–केरुङ तथा संखुवासभा–तिब्बत विद्युत् प्रसारणलाइन निर्माणबारे सम्झौता हुने संकेत गरे । संखुवासभामा चिनियाँ सहयोगमा जलविद्युत् आयोजना निर्माण गर्ने विषयमा पनि छलफल भइरहेको प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्री प्रचण्डले बिआरआईअन्तर्गत सुरुमा एउटा नमुना परियोजना सम्पन्न गर्ने चाहना पनि व्यक्त गरेका छन् । ‘थप केही सम्झौताका लागि हामी कूटनीतिक च्यानलमा छलफल गरिरहेका छौँ,’ परराष्ट्र स्रोतले भन्यो । नेपाल र चीनबीच ०७४ वैशाख २९ गते बिआरआईको फ्रेमवर्क एग्रिमेन्टमा हस्ताक्षर भएको थियो । 

ad
ad
ad
ad