Skip This
‘एप्रुभल रेटिङ’ बाट आफ्ना जनप्रतिनिधिको मूल्यांकन गराउँदै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २३ मंगलबार
  • Friday, 26 July, 2024
जनमत पार्टीका अध्यक्ष डा. सिके राउत । तस्बिर : नयाँ पत्रिका अर्काइभ ।
अनिल यादव काठमाडाैं
२o८o श्रावण २३ मंगलबार २o:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘एप्रुभल रेटिङ’ बाट आफ्ना जनप्रतिनिधिको मूल्यांकन गराउँदै

जनमत पार्टीको नयाँ काम

Read Time : < 1 मिनेट
अनिल यादव, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण २३ मंगलबार २o:५९:oo

जनमत पार्टीले आफ्नो दलबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरूको कामको मूल्यांकन गर्न ‘एप्रुभल रेटिङ’ गरिरहेको छ।

‘राइट टू रिकल’को प्रावधान राखेको जनमत पार्टीले आफ्ना जनप्रतिनिधिहरूले जनताको चाहनाअनुसार काम गरे–नगरेको मूल्यांकनका लागि एप्रुभल रेटिङ गरिरहेको हो। 

जसअनुसार जनमत पार्टीका निर्वाचित स्थानीय जनप्रतिनिधिहरूको स्थानीय तहमा मतदान गराउने व्यवस्था गरिएको छ। पार्टी सचिवालयले मतदानका लागि निर्वाचिन अधिकारीसमेत तोकेर स्थानीय तहमा खटाएको पार्टीसचिव बिपी साहले जानकारी दिए।

‘२७ साउनमा हुने एप्रुभल रेटिङको मतदानका लागि २६ जना निर्वाचन अधिकारी केन्द्रबाटै खटाइएको छ,’ साहले भने, ‘निर्वाचन कार्यतालिकाअनुसार मंगलबार मतदाता नामावली प्रकाशन गरिएको छ।’ 

यसमा ३० वैशाख ०८० भन्दा पहिलेसम्म जनमत पार्टीको सदस्यता लिएकाहरूले मात्र मतदान गर्न पाउनेछन्। सचिव साहले भने, ‘बुधबार र बिहीबार मतदाता नामावलीउपर दाबी-विरोध र त्यसपछि अन्तिम नामावली प्रकाशित गरी २७ गते मतदान हुनेछ।’

मतदान गर्नुअघि निर्वाचित स्थानीय जनप्रतिनिधिहरूलाई आफ्नो कुरा राख्ने र मतदाताको प्रश्न सुन्ने समय दिइनेछ। त्यसपछि मात्र मतदान हुनेछ। 

आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई आफ्ना पार्टी सदस्यहरूबाट मतदान गराएर मूल्यांकन गराउन लागिएको यो पहिलो अभ्यास भएको सचिव साहले बताए। गत वैशाखमा सम्पन्न निर्वाचनबाट जनमत पार्टीका एक सय पाँच जनप्रतिनिधि स्थानीय तहमा निर्वाचित भएका छन्।