मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २१ आइतबार
  • Thursday, 19 December, 2024
२o८o श्रावण २१ आइतबार o८:४५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लमजुङमा घरेलु उद्योग ५,६६२ पुगे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २१ आइतबार o८:४५:oo

परम्परागत खेतीमा सीमित पहाडी जिल्ला लमजुङमा पछिल्ला वर्षहरूमा व्यावसायिक खेती र घरेलु तथा साना उद्योगमा आकर्षण बढेको छ । जिल्लाका कृषक तथा उद्यमीहरूले निर्वाहमुखी कृषि व्यवसाय नाफामुखी र व्यावसायिक हुन थालेको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय लमजुङले जनाएको छ ।

जिल्लामा ०४४/४५ सालदेखिकोे तथ्यांक अपडेट छ, त्यसयता हालसम्म सञ्चालनमा रहेका घरेलु र साना उद्योगहरूको संख्या पाँच हजार ६ सय ६२ पुगेको कार्यालयका प्रमुख मिताकुमारी थापाले बताइन् । दर्ता भएका अधिकांश उद्योगहरूमध्ये कृषि फर्म, कृषि औजार, ब्युटिपार्लर, पर्यटन उद्योग, दालमोठ उद्योग, बेकरी उद्योग, सिलाइकटाइ, कुटानी–पिसानी, अलैँची, बंगुर फार्म, मौरीपालन उद्योगलगायत छन् ।  

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार ०७९/८० मा जिल्लामा विभिन्न प्रकृतिका दुई सय ९१ नयाँ उद्योग थपिएको घरेलु कार्यालयका प्रमुख मिताकुमारी थापाले बताइन् । उनका अनुसार एक वर्षमा तीन सय ९८ उद्योग नवीकरण भएका छन् भने ६६ उद्योग खारेज भएका छन् । विगत पाँच आर्थिक वर्षको उद्योग दर्ता तथ्यांकअनुसार सबैभन्दा धेरै आर्थिक वर्ष ०७७/७८ मा जिल्लामा नौ सय ७० उद्योग थपिएका थिए ।

यस्तै, आव ०७८/७९ मा विभिन्न प्रकृतिका ६ सय ८८ नयाँ उद्योग थपिएका हुन् । यस्तै, आर्थिक वर्ष ०७४/७५ मा दुई सय ७६, ०७५ र ७६ मा चार सय ६८ र ०७६ र ७७ मा ६ सय ६९ उद्योग दर्ता भएको घरेलु कार्यालयको तथ्यांक छ ।