१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ४ बिहीबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ४ बिहीबार o७:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

एक सातापछि प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा फर्किए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ४ बिहीबार o७:oo:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक सातापछि सार्वजनिक कार्यक्रममा फर्किएका छन् । २७ असारमा पत्नी सीता दाहालको निधन भएपछि उनी बुधबारबाट मात्र सार्वजनिक कार्यक्रममा फर्किएका हुन् । मन्त्रिपरिषद्को बैठक र नेपाल इन्जिनियर्स एसोसिएसनको ६१औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गरेर प्रचण्ड बुधबार नै बुढीगण्डकी जलविद्युत् आयोजना क्षेत्रको निरीक्षणका लागि गोरखा पुगे । 

इन्जिनियर्स एसोसिएसनको कार्यक्रममा प्रचण्डले सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्रताको साथ अगाडि बढाइरहेको स्पष्ट पारे । दोषी नछुट्ने र निर्दोष नफस्ने गरी सरकारले कारबाही प्रक्रिया अगाडि बढाएको उनले बताए । कानुनी, संरचनागत, प्रक्रियागत समस्या र त्रुटिमा सहजीकरण गर्न सरकार तत्पर रहेको उनको भनाइ थियो । ‘दोषी नछुटोस्, निर्दोष नपरोस् भन्ने मान्यताअनुरूप केही ऐनमा र केही नियमावलीमा सुधार गर्ने विश्वास दिलाउन चाहन्छु । सरकारको यो अभियानमा तपाईंहरूलगायत आमजनसमुदायले देखाउनुभएको अपार समर्थन र ऐक्यबद्धताप्रति विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु,’ प्रधानमन्त्रीले भने ।

विकास र पूर्वाधारविना आर्थिक उन्नति हुन नसक्ने प्रचण्डले बताए । विकासको गति तीव्र भएपछि आर्थिक अवस्थामा सुधार आउने उनको भनाइ थियो । ‘हरेक क्षेत्रमा केही गुणात्मक प्रगति होस् । केही गुणात्मक सुधार होस् भनेर दृढतापूर्वक अगाडि बढेको छु,’ उनले भने, ‘वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रतिबद्ध छ ।’ भौतिक पूर्वाधार र इन्जिनियरको सवालमा मन्त्रिपरिषद् बैठकमा छलफल भएको र छिट्टै निर्णयमा पुग्नेसमेत उनले बताए । ‘मन्त्रिपरिषद् बैठकमा इन्जिनियरहरूको समस्याबारे, भौतिक पूर्वाधार निर्माणका समस्याबारे, सार्वजनिक खरिद ऐनलाई संशोधन गर्ने विषयबारे, न्यूनतम पारिश्रमिकको विषयमा गम्भीरतापूर्वक गरेका छौँ । हामी छिट्टै एउटा महŒवपूर्ण निर्णयतिर जाँदै छौँ,’ उनले भने ।
 

ad
ad
ad
ad