१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Wednesday, 03 July, 2024
२o८१ असार १७ सोमबार २o:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

ललितपुर महानगरको बजेट पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार २o:५२:oo

ललितपुर महानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्षका लागि सात अर्ब ४६ करोडको बजेट पारित गरेको छ।

१० असारमा उपप्रमुख मञ्जली शाक्यले नगरसभामा प्रस्तुत गरेको बजेट सोमबार बसेको नगरसभा बैठकले पारित गरेको हो।

महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाई‌ंले आर्थिक वर्ष ०८१/८२ का लागि बजेट पारित भएको जानकारी दिए। महानगरको नीति तथा कार्यक्रम यसअघिको बैठकले पारित गरिसकेको थियो।

महानगरका अनुसार चालू खर्चतर्फ दुई अर्ब ७८ करोड ८९ लाख र पुँजीगततर्फ चार अर्ब ६७ करोड ९४ लाख विनियोजन गरिएको छ।

महानगर प्रमुख चिरीबाबु महर्जनले बजेटमा व्यापक छलफल गरी पारित गरेको बताए। उनले भने, ‘चरणबद्ध रूपमा हामीले औपचारिक, अनौपचारिक ढंगबाट छलफल गर्यौँ र बजेट पारित गर्यौँ।’

महानगर प्रमुख चिरीबाबु महर्जनले आगामी आर्थिक वर्षमा महानगरले वातावरण संरक्षण, हरियाली संरक्षण, सम्पदा संरक्षणलाई प्राथमिकता दिएको उनले जानकारी दिए।

ad
ad
ad
ad