१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Wednesday, 03 July, 2024
२o८१ असार १७ सोमबार २२:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार

तालाबाङमा जिप दुर्घटना (अपडेट): मृतक सातमध्ये ६ को सनाखत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार २२:२८:oo

रोल्पाको तालाबाङमा भएको जिप दुर्घटनामा मृत्यु हुने सातमध्ये ६ जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा माडी गाउँपालिका- ३ तालावाङका ३३ वर्षीया जुनमाया खड्का, ७७ वर्षीय खडकबहादुर डाँगी, माडी गाउँपालिका- ३ दाबाङकी ३० वर्षीया अमृता घर्ती, उनकी १८ महिनाकी छोरी छन्।

यस्तै, परिवर्तन गाउँपालिका- २ राङ्सीकी ३३ वर्षीया रामकली पुन र ७० वर्षीय झुपलाल डाँगीको पनि दुर्घटनामा ज्यान गएको छ।

माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ। जिप सडकबाट करिब चार सय मिटर तल पुगेको स्थानीयले बताएका छन्।

ad
ad
ad
ad