१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Wednesday, 03 July, 2024
तस्बिर सौजन्य: बुद्धिमान ओली
२o८१ असार १७ सोमबार २o:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

रोल्पाको तालाबाङमा जिप दुर्घटना, पाँचको मृत्यु, ६ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार २o:४२:oo

रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा एक नाबालकसहित पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ । ६ यात्रु गम्भीर घाइते भएका छन्।

मृतकको सनाखत भइसकेको छैन। माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ। जिप सडकबाट करिब चार सय मिटर तल पुगेको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक भरत लामाका अनुसार जिपमा ११ जना सवार थिए। दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी पुगेर उद्धार खटिएको थियो।

ad
ad
ad
ad