१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १ सोमबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण १ सोमबार o८:५२:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपालले भारतविरुद्ध खेल्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण १ सोमबार o८:५२:oo

एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीले भारतको ‘ए’ टोलीसँग सोमबार प्रतिस्पर्धा गर्दै छ । श्रीलंकामा सञ्चालन भइरहेको प्रतियोगितामा नेपाल मात्र सिनियर टोली पठाउने राष्ट्र हो । नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानको ‘ए’ टोलीसँग चार विकेटले पराजित भएको थियो । नेपालले शीर्ष दुई स्थानको आशा जीवितै राख्न अनुभवी खेलाडीको साथ रहेको भारत ‘ए’विरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुपर्छ ।

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले प्रतियोगितामा पठाएका अघिकांश खेलाडीसँग इन्डियन प्रिमियर लिग (आइपिएल)को अनुभव छ । भारतका कप्तान यश धुल राम्रा खेलाडी हुन् । आइपिएलमा उनी दिल्ली क्यापिटल्समा आबद्ध छन् । उनले पहिलो श्रेणी क्रिकेटमा चारपटक शतक तथा अर्धशतकीय इनिङ्स खेलेका छन् ।  

अभिषेक शर्मा सनराइजर्स हैदरावादबाट आइपिएल खेल्छन् । सन् २०१८ मा उनले आइपिएलमा डेब्यु गरेका थिए । गत सिजनको आइपिएलमा उनले राजस्थान रोयल्सविरुद्ध ५५ रनको इनिङ्स खेले । यसैगरी, रायन पराग राजस्थानका खेलाडी हुन् । आइपिएलमा आबद्ध खेलाडीमध्ये निशान्त सिन्धु चेन्नई, ध्रुवचन्द जुरेल राजस्थान, नितिश कुमार हैदराबाद र आकाश सिंह राजस्थानमा आबद्ध छन् । आइपिएलका अनुभवी खेलाडीले भरिएको भारतको ‘ए’ टोलीविरुद्ध नेपालले बलिङ र ब्याटिङमा राम्रो गर्नुपर्नेछ । पाकिस्तानसँग नेपाली खेलाडीले फितलो ब्याटिङ गरेका थिए । सोमपाल कामीले मात्र उत्कृष्ट ब्याटिङ गरेका थिए । भारतसँगको खेलमा नेपालका शीर्ष र मध्यक्रम खेलाडीले ब्याटिङमा धैर्य अपनाउनुपर्छ ।