१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०८० असार २९ शुक्रबार १५:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पुनर्वास नगरपालिकाका कर्मचारी लागुऔषधसहित पक्राउ 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०८० असार २९ शुक्रबार १५:३६:००

कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक कर्मचारी लागुऔषधसहित पक्राउ परेका छन्। शुक्रबार पुनर्वास नगरपालिकाका कर्मचारीसहित दुईजना लागुऔषधसहित पक्राउ परेका हुन्। 

पुनर्वास नगरपालिका– १० नम्बर वडा कार्यालयका प्राविधिक सहायक कृष्ण बडूसहित अर्का युवक असिम थापा पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका इन्चार्ज नरेशराज मल्लले पुनर्वास नगरपालिका– काे ६ एक निर्माणाधीन घरबाट उनीहरूलाई पक्राउ गरिएको बताए।

इन्चार्ज मल्लका अनुसार कर्मचारी बडू र अर्का युवकको साथबाट पाँच सय ४१ मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ।

शुक्रबार कार्यालय नगएका ती कर्मचारी लागुऔषधसहित पक्राउ परेका हुन्। पुनर्वास कर्मचारी स्रोतका अनुसार सहायक वडासचिव समेत रहेका बडू करारका कर्मचारी हुन्। कर्मचारी नै लागुऔषधमा संलग्न भएपछि स्थानीय अचम्मित भएका छन्।